राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ।
यो मेसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु रोक्ने निर्णय पनि लिएको छ। यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान 'स्टपहेटफरप्रोभिट' तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनिको वहिष्कार हो ।
डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जसमा राजनैतिक परामर्शदाता फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण वहिष्कार गरिएको भाइबरले बताएको छ।
यसै कारण भाइबरले स्टपहेटफ्रोफिट अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरु तोडेको हो।
भाइबरको सिइओ जमेल अगाउवाले भनेका छन्, 'फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ। कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरुमा गोपनीयताको अभाव देखिन्छ।'
भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरु हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ। फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिने बताइएको छ।