डिजिटल वालेट खल्तीले प्रयोगकर्ताहरुका लागि अफर सार्वजनिक गरेको छ।
मोबाइल एप तथा वेबसाइटबाट कारोबार गर्नेहरुका लागि ‘खल्तीको दुई गुणा अफर’ सार्वजनिक भएको हो।
असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने कम्पनीले जानकारी दिएको छ।
यो योजनामा कूल ५० जना विजेता घोषणा हुनेछन्। यो योजनामा सहभागी हुनका लागि १० देखि ५०० रुपैयाँसम्म पठाउनुपर्ने छ। विजेता भएकाहरुले दोब्बर रकम पाउने छन्।
योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रमाणित गरिसक्नु पर्नेछ।