सगुनका बारेमा नेपालका केही सञ्चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको सगुनले बताएको छ।
सगुन नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको छ।
सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोलकल्पित झुटा कुराहरु प्रचारप्रसार गरिएको सगुनको अरोप छ।
सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गरिएको समाचारप्रति दुःख व्यक्त गरेको छ।
सगुनका लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आएका सम्पूर्ण समाचारहरुको पछि नलाग्न सगुनको अनुरोध छ।
अमेरिकामा दर्ता भएर नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुन कम्पनीका सम्वन्धमा दुवै देशका नियम कानुन अनुरुप संचालित छ। र भर्खरै सुरु भएको ‘स्टार्ट अप’ कम्पनीको काम गर्ने तरिकाका बारेमा सीमित सूचनामा प्राप्त गरेको भरमा भ्रमपूर्ण जानकारी सम्प्रेषण नगर्न सगुनले सबैमा अग्रह गरेको छ।
सगुनलाईअमेरिकाको धितोपत्र तथा विनियम आयोग बाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त छ। सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेकोछ।
सगुनले केही संचार माध्यमा आएका गलत समाचारका प्रकाशित तथ्यहरुलाई प्रष्ट पारेको बुँदाहरु
१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो। पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो। यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो। त्यसैले बजारमा सगुन ४ वर्षको मात्र भएको छ।
२. ‘स्टार्ट–अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन। ‘स्टार्ट–अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ ९यस क्षेत्रमा० हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुँदैन।
लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत ‘स्टार्ट–अप’ लेख्ने प्रचलन रहेको छ। ‘स्टार्ट–अप कम्पनी’ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्दछन्।
बजारमा ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत ‘स्टार्ट–अप कम्पनी’ नै भनिएको पाइन्छ।
३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन। नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नुपर्ने आवश्यक छैन।
सगुनले अमेरिकी सेक्युरिटिज कानूनअनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन्। डेविट वा के्रडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ। जुन नेपालबाट सम्भव छैन।
४. सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं।
सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् । यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेशनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ।
जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ। यसैको आधारमा कम्पनीको मूल्याकंन ९भ्यालुएशन० मा बृद्धि हुन्छ।
सगुन रेगुलेसन ए प्लस अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ। सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ।
५. स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ। तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ।
त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनुअघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु सगुनको अनुरोध छ।