राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक नयाँ सुविधा जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको छ।
जसको सहायताले उनीहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्छन्।
नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ। एण्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुने राकुनेटले बताएको छ।
यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य रहेको राकुनेट भाइबरको भनाइ छ। जुन यसभन्दा अघि भएको थिएन।
भिडियोलाई नयाँ जिआइएफमा बदल्न प्रयोगकताहरुले निम्न गर्न आवश्यक पर्छ:
जिआइएफमा शुरु गर्न भिडियोलाई काँटछाँट (ट्रिम) गरेर सही अँश छान्ने।
जिआइएफको लागि प्ले मोड मार्फत् बुम¥याङबाट अन्त्यहीन लूप गर्ने, रिभर्स मोड गर्ने, स्लो–चल्ने, र २ गुना वा ४ गुना छिटो चल्ने मोड रोज्ने।
नयाँ जिआइएफलाई विभिन्न फन्टहरु र कलरहरुका साथसाथै डूडल र स्टिकरहरुको प्रयोग गरी स्टाइल थप्ने।