आइएमई मार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा सकिने व्यवस्था मिलाइएको छ।
देश/विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सकिने बताइएको छ।
यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ। विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध रहेको आइएमईको भनाइ छ।
२५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।