सामसङले ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गतको ग्यालेक्सी ए२१एस स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ।
यसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा जडान गरिएको कम्पनीले बताएको छ। साथै ६.५ इन्चको इन्फिनिटि–ओ डिस्प्ले छ।
यो फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ। यसको १५ वाटको फास्ट चार्जिङ्ग सुविधाले चाडैं नै मोबाइल चार्ज हुने बताइएको छ।
उक्त फोनमा ६४ जिबी इन्टरनल मेमोरी रहेको छ जसलाई ५१२ जिबी सम्म बढाउन सकिन्छ। फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट पहिचान सेन्सर पनि उपलब्ध रहेको छ।
मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए२१एस फोन कालो, सेतो तथा निलो मा उपलब्ध रहेको छ।
यो फोन सेट बुधबारदेखि नेपालभरिका सामसङ ब्रान्ड स्टोरहरुमा पाइने कम्पनीले बताएको छ। जसको मूल्य २४ जहार ९ सय ९९ तोकिएको छ।