नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको समर अफर ल्याएको छ। यो अफर बिहीबारदेखि लागू भएर ९० दिनसम्म उपलब्ध हुने गरी ल्याइएको हो।
पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको टेलिकमले बताएको छ।
अफर यसप्रकार छ।
कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ।
सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ। सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ।
रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ।
नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ। साथै १५ रुपैयाँमा ३ रातका लागि २०० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ। यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ।
ड्ड अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ। यसमा ६० रुपैयाँ मा ३ दिनका लागि ४०० एमबी, १०० मा ७ दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० रुपैयाँमा मा २८ दिनका लागि ७ जीबी र ८ सयमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ।
डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ। विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ।
डे भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ। यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ।
१५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागू हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ।
लार्ज डाटा प्याक अन्तर्गत अब १ हजार ६ सयमा ६० दिनका लागि ३० जीबी प्याक र ३ हजार रुपैयाँमा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ।
फोरजी/एलटीई अफर अन्तर्गत रु. १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ। यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ।