रियलमीले रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ।
रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अपग्रेडहरु ल्याएको छ।
रियलमी ५आईमा निर्मित रियलमी ६आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको कम्पनीको भनाइ छ।
रियलमी ६
रियलमी ६ को ३० वाटको फ्ल्यास चार्जिंङ र ४३०० एमएएच ब्याट्री रहेको छ।
यो फोनमा १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्ट लगायतको विशेषता रहेको छ।
रियलमी ६ मा ६४ एमपी मुख्य क्यामेरा, ८एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ।
रियलमी ६आई
रियलमी ६आई ४८ एमपी क्वाड क्यामेरामा अपग्रेड भएको छ। जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) छ।
उक्त फोनमा ६आईमा रियलमीकै सबैभन्दा ठूलो ५हजार एमएएच ब्याट्री छ र लामो ब्याट्री लाइफ जडान गरिएको छ।
रियलमी ६आई दुई योङ्ग कलर — ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसमा ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ।
रियलमी ६ र रियलमी ६आईमा भएको क्लासिक ३ कार्ड स्लट डिजाइनले दुई वटा सिम कार्ड र एउटा माइक्रो एसडी कार्ड सपोर्ट गर्दै प्रयोगकर्तालाई स्टोरेज बढाएको छ।
यी दुई फोन एन्ड्रोइड १० मा आधारित छ। रियलमी ६ ८जीबी र्याम र १२८जीबी स्टोरेजमा उपलब्ध छ। जसको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ छ।
रियलमी ६आईको भने ४जीबी र्याम र १२८जीबी स्टोरेज छ। यसको मूल्य २५ हजार ९ सय ९० मा रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।