अवैध फोन बिक्री वितरण गर्नेलाई कारबाही गरिने भएको छ। मोबाइल फोन इम्पोर्टस एशोशिएसन र नेपाल मोबाइल वितरक संघले संयुक्तरूपमा प्रेस विज्ञप्ती जारी गरी अवैध फोन बिक्री वितरण गर्नेलाई सरकारी नियामक निकायलाई कारबाहीका लागि सुसुचित गरिने बताएको हो।
मोबाइलको अनाधिकृत अवैध फोनको कारोबार खुलारूपमा बढ्दै गएकोले संघको ध्यानाकर्षण भएको संघले बताएको छ। यस प्रकारको कारोबारलाई रोक्न संघले ४ बुँदे निर्ण गरेको छ।
संघले विज्ञप्तीमार्फत यस्ता अवैध मोबाइल फोनको कारोबार नर्गन समेत अनुरोध गरेको छ।
‘यदी कसैले गरेको थाहा पाइएमा सुरूमा बिक्रेतालाई आफ्नो दायित्व प्रति सचेत बनाउने, पुन गरेको पाइए त्यस्ता व्यापारीसँग दुवै संघले ब्यापारीक सम्बन्ध नराख्ने, कालो सूचीमा राख्ने र पुन गरे सम्बन्धित सरकारी नियामक निकायलाई कारबाहीका लागि सुसुचित गरिने छ,’ विज्ञप्तीमा भनिएको छ।