शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आइतबार नेपालमा ‘मी राउटर ४सी’ सार्वजनिक गरेको छ। यो नेपालमा पहिलो स्मार्ट राउटर भएको कम्पनीले बताएको छ।
यो स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट चलाउन सकिन्छ।
स्थिर सिग्नल प्रवाह गर्न ४ वटा एन्टेनाले जडान गरिएको छ। यसको साथै, ८०२.११एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ।
यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो र्यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ‘हामी नेपालमा गैर—स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं। देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केही कमी देख्यौं। आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ।’
मी राउटर ४सी रु २ हजार ३ सय ९९ मुल्यमासबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।