एप्पलको लागि नेपालमा आधिकारीक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आइफोनको एस इ २०२० मोडल नेपाल ल्याएको छ।
नेपालमा ल्याएर त्यसको विक्री शुरु भइसकेको सो कम्पनीले जनाएको छ। लकडाउनका कारण नेपालमा एस इ सिरिजको फोन आउन सकिरहेको थिएन।
आईफोन एस इ ६४ जीबी, १२८ जीबी र २५६ जीबी भर्सनमा उपलब्ध हुने जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले जनाएको छ। एसइ ६४ जिवीको ७० हजार, १२८ जिवीको ७९ हजार ५०० र २५६ जिवीको ९६ हजार रुपैयाँ तोकिएको छ।
जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सकी निर्देशक निकिता भिमसरियाले सो मोबाइलहरु कालो, रातो र सेतो कलरमा उपलब्ध रहेको जानकारी दिइन।
कम्पनीले अबैध आयात भएको फोन खरिदबाट बच्न ग्राहकहरुसँग आग्रह गरेको छ।