ओपोले नेपालमा ए सिरिज अन्तर्गत ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ।
ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दुई रंगमा सार्वजनिक गरिएको छ।
यो फोनमा ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियो जडान गरिएको छ।
कम्पनीले ओपो ए३१मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्थापनि गरेको छ।
सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ।
साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन सक्ने कम्पनीले बताएको छ।
ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी६७६५भी चिपसेटले सञ्चारित गर्छ।
यसमा रहेको ४ जीबी र्याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्ने बताइएको छ।
यसमा ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।
ओपो ए३१को बजार मूल्य २६ हजार ५ सय ९० निर्धारण गरिएको छ।
यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानल मार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू११को बजार मूल्य ३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी ई(कमर्स प्ल्याटफर्म दराज मार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१को मूल्य ६ हजार ९ सय ९० र एन्को एम३१को मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले बताएको छ।