संसारभरका टेलिभिजनहरुलाई घरसम्म प्रसारण सेवा पुर्याउने स्याटेलाइट प्रविधि डाइरेक्ट टु होम(डिटिएच) नेपालमा आएको एक दशक भएको छ। सुरुमा दुई कम्पनी आएपनि ती कम्पनी मर्ज भएर अहिले नेपालमा डिशमिडिया नेटवर्कका रुपमा सञ्चालन भइरहेको छ। देशको डिटिएच सेवाप्रदायक कम्पनीले दुर्गम क्षेत्रमा टेलिभिजन सेवा विस्तार गरिरहेको छ। नेपालका सबै भूभागमा उत्तिकै पहुँच विस्ता भएको यो कम्पनीको सेवा,उपभोक्ताका लागि ल्याइएका अफरहरु र सरकारले लागू गर्ने तयारी गरिहरेको क्लिनफिड नीतिका बारेमा डिशहोमका महाप्रबन्धक रमेश सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश:
नेपालमा डिटिएच आएको एक दशक भइसक्यो। उपभोक्ता तहमा यसको विस्तार कस्तो छ?
स्याटेलाइटको माध्यमबाट टिभी प्रसारण गर्ने प्रविधि हो यो। संसारभरका टिभीहरुलाई स्याटेलाइटको माध्यमबाट घरमा पुर्याउने हो। हामी एउटा प्ल्याटफर्ममात्र हौ। यसबाट घरमै बसेर विभिन्न प्रकारका च्यानलहरु घरमै प्याकेज छानेर हेर्ने प्रविधि हो। डिशहोम आउनुपहिले नेपालमा केवल सेवामात्र थियो। त्यतिबेला जति च्यानल उसले दिन्थ्यो जति पैसा तोकिएको थियो। त्यतिमात्र हेर्नुपर्थ्यो। हामी भने विभिन्न प्याकेजमा दिइरहेका छौ।
काठमाडौं र हुम्ला जुम्लामा हेर्ने ग्राहकका लागि एउटै गुणस्तरमा हेर्न पाइन्छ। सबै च्यानल एउटै गुणस्तरमा हेर्न पाइन्छ। सञ्चार तथा मनोरञ्जन क्षेत्रमा डिशहोमले क्रान्ति नै ल्याएको छ। सूचनाको पहुँचलाई शतप्रतिशत बनाइदिएको छ। सगरमाथाको आधारशिवरमा पनि काठमाडौंकै गुणस्तरमा हेर्न पाइन्छ जुनसुकै च्यानलहरु। नेपालका सबै क्षेत्रमा हाम्रो पहुँच विस्तार भएको छ। हामीले नेपाली टीभीलाई हरेक क्षेत्रमा पहुँच पनि विस्तार गरेका छौ। यसबाट मिडियाको पनि पहुँच विस्तार भएको छ। हामी भारतदेखि बांगलादेशसम्म पनि छौं।
विदेशबाट च्यानलहरु किनेर ल्याएर नेपाली ग्राहकका घरसम्म पुर्याउने बाहेक सूचना,मनोरञ्जन तथा शिक्षाका लागि डिशहोम आफैले के गरेको छ?
फिल्म हलबाट भर्खर रिलिज भएका फिल्मलाई निश्चित शुल्क तिरेर जहाँ पनि हेर्नसक्छ। हामीले अहिले शैक्षिक च्यानल पनि शुरु गरेका छौ। बिहान ८ देखि बेलुका ८ सम्म शैक्षिक सिकाइका कार्यक्रम प्रसारण गरिरहेका छौ। यस्ता केही शैक्षिक च्यानल हामीले निशु:ल्क पनि गरेका छौ। रिचार्ज नगरेपनि हेर्न पाउने व्यवस्था गरेका छौ।
केवल सेवा नपुगेको ठाउँमा डिशहोमका ग्राहकको कुनै छुट्टै तथ्यांक छ?
जहाँ तारबाट टिभी हेर्न पाइदैन। त्यहाँ डिटिएच पुगेको छ। हामीले सेवा शुनिश्नित गरेका छौ। तर त्यसको कति ग्राहकको संख्या छन् भन्ने एकिकृत तथ्यांक छैन। जहाँ बिजुली छ जहाँ नेपाली छन् त्यहाँ डिशहोम राख्न सकिन्छ। र राखेका पनि छन्। पेनिट्रेशन हाम्रो शतप्रतिशत छ।
प्रवर्द्धनका लागि सहुलियत दिएका छौ। सेटअपबक्समा सहुलियत दिएका छन्।
डिशहोम जडान खर्च कति लाग्छ?
जडान खर्च ३ हजार ९९९ रुपैयाँ लाग्छ। यसमा सेटअपबक्स,१० मिटर तार,रिमोट जसलाई सिबिए भनिन्छ पाइन्छ।यसमा जडान गर्ने प्राविधिकले ५ सय रुपैयाँसम्म लिन्छ। यसमा अलि तलमाथि हुनसक्छ। मासिक आधारभुत प्याकेज ३५० रुपैयाँ पर्छ। नेपाली च्यानल हिन्दी सिरियल फिल्म, कार्टुन, धार्मिक समाचार सबै र डिशहोमका च्यानल हुन्छन्। यसमा सय बढी आउछन्। चार सयको प्याकेजमा स्पोर्टस च्यानल आउछन् भने सात सयको प्याकेजमा एक्सक्लुसिभ च्यानलहरु आउछन्। २०८ च्यानल हुन्छन्। सिनेमाघर बाहेक सबै च्यानल आउछन्।
केवलभन्दा डिटिएच के फरक छ?
नेपालमा २०४० सालमा नेपाल टेलिभिजन आएको थियो। सन् २०१० मा स्याटेलाइट प्रविधिको टिभी प्रसारको अनुमति दिनुअघि नेपालमा केवल मार्फतमात्र गइरहेको थियो। केवलमा ७०/८० च्यानल आउथे तर सबैतिर उत्तिकै गुणस्तर थिएन। डिशहोमले शतप्रतिशत डिजिटलटाइजेसन सुरु गरेको हो। सबैतिर सबै च्यानल एउटै गुणस्तरमा हेर्न पाइने डिटिएच नै ल्याएको हो।
गुणस्तरमा पनि संसारभर नै राम्रो प्रविधि डिटिएच हो। केवल अपरेटर र फाइबर अपरेटर अहिले पनि सहरमा मात्र छन्। हाम्रो गाउँको आकार छरिएर रहेका छन्। यस्तोमा केवलको लागत पनि धेरै हुन्छ। पहुँच पुगेपनि। बजार क्षेत्रमा पनि केवलको विभिन्न अवरोधहरु आउछन्। कतिपय ठाउँमा निर्माण भइरहेको हुन्छ। त्यसले असर गर्छ। यी सबै कसीमा डिटिएच अब्बल छ।
मूल्यको तुलना कस्तो छ?
नेपालमा डिश नेटवर्कको सेवा सुरु हुँदा भारत र नेपालको मूल्य एउटै थियो। त्यहाँ अत्याधिक बढीसकेको छ भने हामीले बढाएका छैनौ। डलरको मूल्य नै कहाँबाट कहाँ पुगिसक्यो। नेपालको तुलनामा डिश सेवाको मूल्य भारतमा ६० प्रतिशत महंगो छ। त्यहाँ सय आइसीबाट ३५० पुगिसक्यो हाम्रोमा भने खासै फरक छैन। त्यही च्यानल हुन्। किन भने नेपालमा नाफा धेरै लिएनौ। हामीले बल्ल यो वर्ष आएरमात्र बोनस बाँड्ने योजनामा छौ। मूल्यमा ग्राहकलाई भार नपरोस भनेर नै यो काम गरेका हौ।
ग्राहक सेवामा पनि हामीले उत्तिकै काम गरिरहेका छौ। हामीले सेवा बाहेक अरु केही पनि नसोचेको उदाहरण पनि नाफा नलिएको हो।
डिटिएच प्रविधिमा नेपालको डिशहोम संसारकै सस्तो सेवा हो। अरु देशका च्यानलको तुलनामा हेर्ने हो भने। हाम्रोमा नाफा धेरै लिएका छैनौ। हामीले केवलसँग प्रतिस्पर्धा गर्दा धेरै प्रमोशनमा खर्च गर्नुपरेको छैन। त्यसैले पनि सस्तो भएको हो। नेपालको भौगोलिक अवस्थाका कारणले पनि डिश नेटवर्क लोकप्रिय छ।
एउटा एन्टेनाबाट कति टिभी हेर्न मिल्छ?
चारओटा टिभी हेर्न मिल्छ यसबाट। तर सेटअपबक्स भने प्रत्येक टिभीका लागि एउटा चाहिन्छ।
अहिलेसम्म कति सेटअपबक्स बिक्री भयो?
हामीले अहिलेसम्म १९ लाख सेटअपबक्स बिक्री गरेका छौ। सक्रिय ग्राहक १५ लाख छन् भने ११ लाखले नियमित रिचार्ज गर्छन्।
मान्छेलाई मनपर्ने इभेन्ट आएको बेला मौसममा बदलाब भएमा सेवा नआउने भएकाले भरपर्दो हुँदैन कि भन्ने आशंका छ नि। यसमा तपाइ कसरी आश्वस्त पार्नुहुन्छ?
यो समस्या सुरुमा हामी प्राविधिक रुपमा स्थिर नहुँदासम्मको हो। तर अहिले त्यस्तो छैन। अहिले त्यस्तो अवस्था छैन। सुरुका १/२ वर्षमात्र त्यस्तो थियो। अहिले गुनासो कतै पनि छैन।
ग्राहकका समस्या सम्बोधनका कस्तो व्यवस्था छ?
हाम्रो ग्राहक सेवा केन्द्र छ। अधिकांस त्यहीबाट सम्बोधन हुन्छन्। तर घरमै जानुपर्ने भएमा २४ घण्टाभित्र हुन्छन्। हामीले लकडाउनकै समयमा पनि यस्तो केन्द्र जारी राखेका थियौं। ९० प्रतिशत फोनबाटै समाधान हुन्छन्। नजिक भएमा १/२ घण्टामै हुन्छ।
अफरहरु केके छन्?
अहिले हाम्रो एउटा डिलर दाइको रिचार्ज भन्ने अफर छ। फागुनबाट सुरु गरेका थियौं। वार्षिक रिचार्ज गर्नेहरुबाट २ लाख पाउने यस्तो अफर हो। अनलाइनबाट पनि पाँच हजार बढी रिचार्ज गर्नेलाई यसमा समावेस गरेका छौ। यसमा हप्तामा एकदिन बिजेता घोषणा हुन्छ। वार्षिक रिचार्ज गर्नलाई २५ प्रतिशत छुट पनि दिएका छौं।
सेटअपबक्सको बिक्रीदर कस्तो छ?
दिनमा ५ सय बढी बिक्री भइरहेको छ। पछिल्लो समय यसको बृद्धिदर बजार क्षेत्रमा छ। पहिले दुर्गममा थियो। दुर्गमा तल हाम्रो ७० प्रतिशत थियो।
डिशहोमबाट सबैभन्दा बढी कस्ता च्यानल हेर्छन्?
नेपालमा सामन्यतया हिन्दी सिनेमा च्यालन धेरै हेर्छन्। तर इभेन्टको बेला भने समाचार हेर्छन्। जस्तो कोभिडको बेला समाचार हेरे। सामन्य समयमा सिनेमा हेर्छन्। मनोरञ्जनात्मक धेरै हेर्छन्।हाम्रै रमाइलो च्यानल भन्ने छ बेलुका त्यो धेरै हेर्छन्। खेलकुदको बेला लाइभ हुँदा त्यसमा धेरै हुन्छन्। पहाडी क्षेत्रमा फुटबल इभेन्ट धेरै हेर्छन् भने तराइमा क्रिकेट इभेन्ट बढी लोकप्रिय हुन्छ।
अहिले पनि नेपालमा भारतीय डिटिएच राम्रै संख्यामा छन् भनिन्छ। अर्कोतिर तपाइ नेपालको डिटिएच संसारकै सस्तो पनि भन्नुहुन्छ। यस्तो कसरी हुन्छ?
यसमा यस्तो भयो। हामीले बजार हस्तक्षेप गरेपछि भारतीय शुल्क लाग्ने डिटिएच घट्दै गएका छन्। तर पैसा नलाग्ने डिटिएचको संख्या भने घटेको छैन। सेटअपबक्समात्र बिक्री गर्छन्। मसिक पैसा तिर्नुपर्दैन। त्यस्तामा नेपाली च्यानल केही पनि आउँदैन।
अर्को कुरा नेपालमा भारतीय डिटिएचको बिगबिगी नै थियो पहिले। जब हामी आयौ त्यो हट्दै गएकोव छ। हामीलाई तराइ क्षेत्रमा बिक्री गर्न सुरुमा निकै कठिन भएको थियो। त्यतिबेला हामीले घाटा खारै भएपनि बिक्री गरेका थियौं।
भारतीय डिटिएच विस्थापनका लागि सरकारले सूचना जारी गर्ने बाहेक केही गरेको छैन। अहिले पनि १४ प्रतिशत त्यस्ता च्यानल छन् भन्ने कुरा आएको छ। तर यसमाा हामीले आफै बजार बनाएर उताका नेटवर्क हटाउने काम गरेका छौ। सरकारले त्यस्ता सेटअपबक्स ल्याउन बन्द र बिक्री गर्न रोक लगाउनुपर्छ। गरेको छैन। हामी आफैले प्रयास गरिरहेका छौ।
च्यानलर रिचार्ज कार्ड बेचेरमात्र हुँदैन भन्ने कुरा तपाइको कम्पनीले पनि महशुस गरिसक्यो होला। प्रविधिको विकास र उपभोक्ताको रोजाइमा केही परिवर्तन आइरहेको छ। टिभी बाहेक अरु केके सेवा ल्याउनुभएको छ?
हामीले ओटीटी सेवा पनि सुरु गरेका छौ। डिश गो एप सुरु गरेका छौ। ग्राहकले आफ्नो मोबाइलमा जहाँ पनि हेर्नसक्ने भयो। डिसहोसम गो भन्ने एपबाट हेर्न पाउछ। मोबाइलमा क्वालिटीको टिभी पाइन्छ। घरमा बसेर हेर्नै परेन। यसमा इन्टरनेट चाहियो।एचबिओ च्यानल नेपालमा हामीलेमात्र राखेका हौ। यसका लागि हामीले अतिरिक्त शुल्क पनि लिएका छैनौ। उही शुल्कमा एपमा पनि सेवा दिएका छौ।
अब ग्राहकले व्यक्तिगत सेवा र सुविधा पनि खोज्छ। गाउँमा गए पनि जहाँ गएपनि। अहिले हामीसँग २० च्यानल छन्। अब हामी सबै च्यानल एड गर्दै छौ।
अर्को पुस भिओडी र एक्स भिओडी भन्ने छ। त्यसको पनि सुरु गर्दै छौ। तयार भइसकेको छ। कुनै पनि फिल्म रिलिज भयो भने त्यसबाट हेर्न मिल्छ।
तपाइहरुले स्याटेलाइट इन्टरनेटको घोषणा गर्नुभएको थियो। पछि फाइबरमा जानुभयो कस्तो भरहेको छ?
तत्कालका लागि स्याटेलाइट इन्टरनेट महंगो हुने भएकाले व्यावसायिक हुने देखिएको छैन। त्यसैले अहिले हामीले सकेका छैनौ। नेपालमा तत्कालका लागि फाइबर टु होम सुरु गरेका छौ। भैसेपाटीमा सुरु भइसक्यो। हामीले ग्राहकलाई इन्टरनेट चलाउनका लागि फाइबर नेट भयो भने टिभी हेर्नका लागि सिम टिभी वा डिशहोम हेर्न दिइरहेका छौ। त्यसलाई प्याकेजिङ गरिरहेका छौ।
इन्टरनेटमा अहिले ग्राहकहरुको एउटै गुनासो छ-भनेअनुसारको स्पिड पुगेन। डेडिकेटेड पनि भनेजस्तो छैन। तपाइहरु यस्ता गुनासा सम्बोधन गर्नेगरी आउनुहुन्छ?
अहिले भइरहेको के छ भने २५ एमबिपिएसको ब्यान्डविथ छ। त्यसमा टिभि पनि जोडिदिएको छ। इन्टरनेट पनि छ। टिभी पनि त्यहीबाट हेर्दा त्यो २५ घटिहाल्छ। हामीमा छुटाछुट्टै दिन्छौ। सेयरिङ पनि समस्या छ। हामी त्यसमा निश्चित गर्छौ। त्यस्तै इन्टरनेशनल र नेशनल ब्यान्डविथ क्लियर गर्नुपर्छ। यसको अनुपात मिलाउनुपर्ने हो। तर सेवाप्रदायकले नेशनल बढी हालिदिन्छन्। हामी यस्तो हुन दिंदैनौ।
हामी ग्राहकलाई झुक्याएर व्यापार गर्ने होइन। हामी डिशहोममा पनि त्यही गरेका हौ र इन्टरनेटमा पनि त्यही गर्छौ। र नेपाली प्रयोगकर्ताहरुले फरक इन्टरनेटको अनुभव पक्कै गर्ने छन्।
सरकारले क्लिनफिडको कानून ल्याइसक्यो। कार्यविधि ल्याउन बाँकी छ। क्लिनफिडको कानून बनाउने बेला पनि तपाइहरुको असन्तुष्टि थियो। तर अब कार्यान्वयन हुने चरणमा आएको छ। क्लिनफिड लागू भएपछि उपभोगक्तादेखि व्यवसायीसम्म कस्तो असर पर्छ?
सरकारले कानून बनाएपछि हामीले मान्नैपर्छ। त्यसमा चुनौति दिने भन्ने कुरा नै हुँदैन। हामी सरकारले अनुमति दिएका च्यालनमात्र राखिरहेका छौ। हरेक कुरामा हामी कानूनको अक्षरस पालना गर्दै आएका छौ। तर व्यवाहरिकता पनि छ। हामीले भनेकै त्यही हो। सरकारले बनाएका नीति सफल हुनुपर्छ भन्ने कुरा हो।
अहिले कार्यविधि बन्दै छ। यसबाट सबैलाई फाइदा हुनेगरी व्यवस्था गर्नुपर्छ।कानून सफल हुनैपर्छ भन्ने हाम्रो ध्येय हो। यसमा कुनै शंका छैन।
कात्तिक ८ देखि लागू हुन्छ भनिएको छ। तर कार्यविधि कहिले बन्छ।
फिड क्लिन कि क्लिनफिड भन्ने कुरामा स्पष्ट छैन। क्लिनफिड भनेको अर्कै क्षेत्र हो। जस्तो भारतीय कुनै च्यानल कम्पनीले अहिले एउटा रुमबाट संसारभर च्यानल पठाइरहेको छ। त्यसमा नेपालका लागि छुट्टै कन्ट्रोल रुम बनाउनुपर्यो। सेटअप बनाउनुपर्छ। त्यसमा अलिकति महंगो पर्छ। अर्को तरीका छ जहाँ भारतले अरु देशहरुमा पनि पठाइरहेको छ कि भारतमा विज्ञापन आउने समयमा विज्ञापन कटाएर र सम्बन्धित देशले स्थानीय विज्ञापन इन्सर्ट गर्छन्। यसलाई फिड क्लिन भन्छ। यो कुरामा कार्यविधि पहिला स्पष्ट हुनुपर्छ।
पहिलो कुरा यसमा स्पष्ट भएपछि त्यहीअनुसारको प्राविधिक तयारी चाहिन्छ। कसरी जाने भन्ने कुरा स्पष्ट हुनुपर्छ। यी मध्ये कुनमा जाँदा कस्तो प्रभाव पर्छ भन्ने कुरामा छलफल हुनुपर्छ।
जस्तो बांगलादेशमा क्लिनफिड त भन्छ तर त्यो पनि फिडक्लिन नै हो। शतप्रतिशत क्लिनफिड भनेको एचबिओ च्यानलजस्तो हो। यस्तो आउँदा हाम्राका लागि छुट्टै सेटअप बनाउनुपर्छ । त्यसपछि खर्च बढ्छ त्यसको भार उपभोक्तामा पर्छ। त्यही भएर कि महंगो पर्ने भयो। अहिले ५ सय औष शुल्कमा च्यानल दिइरहेका छौ। क्लिनफिड भएमा हजार हुन्छ भने फीडक्लिन गर्दा भने धेरै महंगो पर्दैन। विदेशी विज्ञापन पनि हेर्न परेन महंगो पनि परेन।
तर यी कुराहरु सरकारले कार्यविधिमा स्पष्ट हुनुपर्छ।
सेपरेटफिड गर्दा पहिला उनीहरुले च्यानल दिन्छन् कि दिंदैन भन्ने स्पष्ट छैन। दिएर फाइदा हुने भयो भने दिन्छन्। हामीले पनि ग्राहकले पचाउन सक्ने भन्दा बढी भएमा हामी पनि हेर्छौ। कार्यविधिमा स्पष्ट हुन जरुरी छ। क्लिनफिड राम्रो नीति हो तर यसका पनि विभिन्न मोडल छन् केमा जाने भन्ने कुरा हो। विदेशी विज्ञापन नहेरी पनि च्यानल धेरै महंगो हुँदैन। यस्ता विभिन्न मोडल छन्। जसबाट सरकारी नीति सफल पनि हुन्छ। नत्र बांगलादेशमा पनि क्लिनफिड भनियो त्यसपछि भारतीय डिटिएचमात्र बिक्री भइरेका छन्। ५० प्रतिशत यस्तो बजार छ। बांगलादेशमै हाम्रा ग्राहक पनि छन्।
कार्यविधि बनाउँदा छलफल गरेरमात्र गरौ भन्ने हो। सरकारको नीति पूर्ण सफल होस भन्ने हाम्रो पनि ध्येय हो। नेपालमा भोलि भारतीय डिटिएच भरिएर क्लिनफिडमात्र भनेर त भएन नि।