ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ।
फोनको डिस्प्लेमा ईन-सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको छ।
ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ।
यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चर सहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ।
साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चर सहितको २एमपी रेजोल्यूशन सेन्सर रहेका छन्।
जसमध्ये, एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन्। यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएको छ। रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ।
सेल्फीका लागि भने एफ२.० एपर्चर सहितको १६.०एमपी फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको छ। ओपो ए५२लाई अक्टाकोर प्रोसेस र क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट जडान गरिएको छ।
यो फोनमा ४जीबी र्याम र १२८जीबी रोम क्षमता रहेको छ।
फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ। ओपो ए५२मा कम्पनीले १८ वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ।
ओपो ए५२का बिशेषता
चिपसेट क्वालकम स्न्यापड्रागन ६६५
र्याम ४जीबी
आन्तरिक सञ्चय क्षमता १२८जीबी
स्क्रिनको आकार ६.५
रियर क्यामेरा १२एमपी+८एमपी+२एमपी+२एमपी
फ्रण्ट क्यामेरा १६एमपी
फिंगरप्रिन्ट साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर
ब्याट्री ५०००एमएएच
डिस्प्ले ६.५ ईञ्च
मूल्य तथा उपलब्धता
ओपो ए५२को बजार मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। यो फोन ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी दुई रंगमा बजारमा पाइन्छ।