आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार गोटा मोबाइल सेट आयात भएको छ। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै १८ अर्ब रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
आव २०७५/०७६ मा ४२ लाख ७५ हजार मोबाइल सेट आयात भएको थियो। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट १९ अर्ब रूपैयाँ बाहिरिएको छ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने भन्सार विभागको तथ्याङ्क छ।
मोबाइल आयात घटेपनि बजारमा मोबाइलले भने राम्रो बजार पाइरहेको छ। पछिल्लो समय मोबाइल प्रयोगकर्ता भने बढ्दै गएका छन्। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।
तराईको खुल्ला बोर्डबाट पनि मोबाइल आउने गर्दछ।
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ।
दुई आर्थिक वर्षमा भएको मोबाइल आयातको अवस्था (ओटामा):
आर्थिक वर्ष | मोबाइल सेट | मूल्य (हजारमा) |
२०७५/०७६ | ४२७५५१८ | १९२७६९९७ |
२०७६/०७७ | ४३६५९९० | १८१७७४६८ |