ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ।
शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीले विश्वास लिएको छ।
रेडमी ९ः एन्ट्री लेबल स्मार्टफोनको अनुभव दिने
पहिलो एन्ट्री लेबल स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्दछ। यसबाट प्रयोगकर्ताले चाहेको तपाईं द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन सकनेछन्।
यो उपकरणले क्यालिडोस्कोप र पाम शटर जस्ता विशेषताहरु समावेश भएको प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक समाहित गर्दछ।
यसमा ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले जडान गरिएको छ।
पर्फमेन्शको पाटोमा, रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी८० एसओसी छ। ५ हजार २० एमएएच क्षमताको ब्याट्री रहेको छ। साथै यसले १८ वाट्ट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ।
स्मार्टफोनको पछाडिको कभरमा यसले शिष्ट ग्रेडिएन्ट कलर डिजाइन र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर राखिएको छ।
रेडमी ९एः ६.५३ इञ्च डिस्प्ले र ५ हजार एमएएच ब्याट्री
यो एकदम नयाँ एन्ट्री लेबल स्मार्टफोन इमर्सिभ दृश्य अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५ हजार एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ।
यसमा एआई अप्टिमाइज्ड १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्दछ।
मूल्य र उपलब्धता
रेडमी ९ तीन कलरः कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध हुनेछ। यो ३जीबी+३२जीबी भेरियन्टको मुल्य १६ हजार ९ सय ९९ रूपैयाँ रहेको छ भने ४जीबी+६४जीबी भेरियन्टको मूल्य रु १७ हजार ९ सय ९९ रूपैयाँ रहेको छ।
रेडमी ९ए २जीबी+३२जीबी भेरियन्टको मूल्य रु ११ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ। यो तीन कलरः ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध रहेको छ।
दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा उपलब्ध हुने कम्पनीले बताएको छ।