वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘ओपो ए१२’ सार्वजनिक गरेको छ।्
लामो समय तिक्ने ४ हजार २ सय३० एमएएच ब्याट्री क्षमता भएको उक्त फोन ३जीबी र्याम/३२ जीबी रोम र ४जीबी र्याम/६४जीबी रोम गरी दूई भेरियन्टमा बजारमा पाइने कम्पनीले बताएको छ।
ओपो ए१२मा रहेका रियर फिंगर प्रिन्ट सेन्सर, ओक्टा–कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथै यसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पका रुपमा स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ।
उक्त फोनमा ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ। यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेलाआँखालाई सुरक्षाप्रदान गर्छ।
ओपो ए१२माएआईद्वारा सञ्चारित डुअल रियर क्यामेरामा मूख्य क्यामेरा १३एमपी र २एमपी डेप्थ क्यामेरा रहेको छ । फोनमा रहेको १३एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६एक्स डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसन तथा गुणस्तर सहित प्राकृतिक दृष्यखिच्न सघाउँछ।
त्यसैगरी, २एमपी डेप्थक्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदानगर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ। त्यस्तै ५एमपी फ्रन्ट क्यामेरा रहेको छ।
३जीबी र्याम/३२ जीबी रोम भेरियन्टको मूल्य १८ हजार ५ सय ९० रूपैयाँ र ४जीबी र्याम/६४जीबी रोम भेरियन्टको मूल्य २० हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।