चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको नयाँ स्मार्टफोन मोडल ओपो एफ १५ नेपाली बजारमा सार्वजनिक भएको छ। यो फोन नेपालमा पहिलोपटक अनलाइनबाट सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ।
न्यून तथा मध्यम मूल्य श्रृखलामा धेरै फिचर्सका स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले पछिल्लोपटक सार्वजनिक गरेको फोनका मुख्यतया तीन फिचर्स रहेको जानकारी गराएको छ।
कम्पनीले दाबी गरेका मुख्य फिचर्स यस्ता छन्:
फोटोग्राफी
यो फोन यहही मूल्यमा पाइने अन्य फोनको तुलनामा उत्कृष्ट फोटोग्राफी फिचर्स भएको कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार यो फोनमा ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ। यसमा अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध छ।
यसमा भएको क्यामेराले प्रफेसनल शट्स दिने क्षमता राख्ने कम्पनीले दाबी गरेको छ। फोर ईन वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत् उत्कृष्ट तस्बर आउने कम्पनीले बताएको छ।
वाइड एंगल मोड मार्फत् प्रयोगर्ताले करिव ३ सेन्टिमिटरसम्म अटोफोकस गर्न सक्ने छन्। अरु फोनको तुलनामा नजिकै भएका साना वस्तुको तस्बिरलाई फोकस गरेर खिच्न सकिने छ। दुबैतिरका क्यामेरामा एआइ प्रविधि छ जसले गर्दा अनुहार तथा वस्तुको फोकस स्वचालित रुपमा हुने छ।
मोबाइलबाट भिडिओ खिच्दा हल्लिने समस्या धेरै हुन्छ। यही समस्या समाधानका लागि ओपो एफ १५मा विशेष व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ। ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन प्रविधि भएको यो फोनबाट हल्लिरहेको अवस्थामा समेत स्पष्ट, शार्प र सटिक भिडिओ खिच्न सकिने कम्पनीले दाबी गरेको छ।
कम्पनीले नाइट पोट्रेड मोड पनि उपलब्ध गराएको छ। यो फोनबाट न्यून प्रकाश भएको ठाउँमा समेत पोट्रेट फोटो लिन सकिने छ।
स्लिक डिजाइन
७.९ एमएमको आकार र १ सय ७२ ग्राम तौल भएको ओपो एफ १५ एक हातमा राखेर चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
सानो खल्ती भएकाहरुले पनि सहजै राखेर हिड्नसक्ने कम्पनीले जानकारी दिएको छ। चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन र लेन्सलाई थप सुराक्षा प्रदान गर्न डेकोरेटिभ रिङको व्यवस्थाले सुरक्षा दिने कम्पनीको विश्वास छ।
ओपो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ प्रतिशत ले तीब्र भएको कम्पनीले जानकारी दिएको छ।
८ जीबी र्याम र १२८जीबी मेमोरी भएको फोनमा भोक फ्ल्याश चार्ज ३.० सपोर्ट गर्छ। ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने छ।
सफ्टवेयर र हार्डवेयर
९०.७ प्रतिशत स्क्रिन टू बडी रेसियो तथा एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ १५ले अल्ट्रा क्रिस्पी गेमिङ तथा मनोरञ्जनको सुविधा दिने क्षमता राख्छ। फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ१५ले स्मूथ गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ।