सामसङले ल्याएका नयाँ ग्याजेट्स ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको बुकिङ नेपालमा पनि खुलेको छ।
सामसङ नेपालले यी नेपाली उपभोक्ताका लागि बुकिङ खुला गरेको जानकारी दिएको छ।प्री बुकिङ गर्नेहरुका लागि विशेष अफर पनि भएको कम्पनीले जानकारी गरेको छ।
सामसङको ग्यालेन्सी नोट सिरिजका यी पछिल्ला मोडल गेमिङ तथा पर्सनल कम्प्युटरको काम गर्नेहरुलाई लक्षित गरेर ल्याइएको कम्पनीले जानकारी दिएको छ।
सामसङ नोटका ग्राहकहरुले नयाँ भर्सनको फोन नयाँ सुविधासहित प्रयोग गर्नसक्ने सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले बताए।
फोटो खिच्न,सम्पादन गर्न र आफ्ना आइडीया शेयर गनमिल्ने एड्भान्स फिचर्सहरु यसमा भएको कम्पनीले बताएको छ। एपमा भएका टेक्स्टहरुलाई पिपिटीएस फर्म्याटमा रुपान्तरण गर्न सकिनुका साथै अडियोलाई पनि नोटका रुपमा सेभ गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ।
यी मोडलका नोटमा कम्प्युटबाट पनि एक्सेस गर्न सकिने छ। माइक्रोसफ्टको योर फोन विन्डोज इन्टिग्रेशनबाट विन्डो १० भएको कम्प्युटरबाट सहजै पहुँच स्थापित गर्न सकिने छ। यसरी जोडिएपछि कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न,फोन गर्न र आगमन फोनलाई उठाउन सकिने कम्पनीले जानकारी दिएको छ।
यो सिरिजका नोटलाई स्मार्ट टीभीमा सहजै जोड्न सकिने भएको छ। सामसङ डेक्सबाट टिभीमा जोडेर मोबाइलमा भएका विषयवस्तु टिभीबाट हेर्न सकिने छ।
नोट २० सिरिजमा गेमिङ प्रविधिलाई अत्याधुनिक बनाइएको कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार यसमा सामसङको फ्ल्यागसिप लेभलको प्रोसेसर, गेम बुस्टर तथा रेस्पोन्सिभ डिस्प्ले गेमिङमा नयाँ अनुभव प्रदान गर्ने छ।
पहिलो पटक नोट सिरिजमा ग्यालेक्सी नोट २० अल्ट्रामा डाइनामिक एमोलेड २एक्स डिस्स्ले राखिएको छ। यसबाट भिडियो वा गेमको अनुभव राम्रो हुने छ।
नोट २० सिरिजका नोटमा ८के क्यामेरा ले गुणस्तरीय भिडिओ खिच्ने कम्पनीको दाबी छ। प्रो–भिडियोको साथ सिनेम्याटिक भिडियोको लागि प्रो–ग्रेड फोकस, अडियो, एक्पोजर, जुम स्पीड कन्ट्रोलर, एफएजडी सँगै १२०एफबीएस भिडियो मोडहरु रहेका छन्। अडिओ सोर्सलाई पनि नियन्त्रण गर्नसकिने कम्पनीले जानकारी दिएको छ।
सामसङ ग्यालेक्सी नोट २० मिस्ट्रिक ब्रोजन,मिस्ट्रिक ग्रे र ग्रिन रंगमा छ भने अल्ट्रा ब्रोजन र ब्ल्याक रंगमा उलब्ध हुने छ।
नेपाली बजारमा नोट २० को १ लाख ९ हजार ९९९ रुपैयाँ छ भने अल्ट्राको १ लाख ३९ हजार ९९९ रुपैयाँ हुने छ।
सामसङका ब्रान्डसप तथा रिटेलसपबाट बुकिङ गर्नसकिने कम्पनीले जानकारी दिएको छ।
अल्ट्रा बुकिङ गर्नेहरुले ग्यालेक्सी बडप्लस वा ग्यालेक्सी वाच ३ २९ हजारमा ९९९ मा खरिद गर्ने अवसर पाउने छन्। त्यस्तै उनीहरुका लागि अर्को बिकल्प पनि हुने छ ग्यालेक्सी वाच ३ २७ हजार ९९९ मा खरिद गर्न वा सामसङग एलइडी टिभी ३२ इन्जको ८ हजार ९९९ मा खरिद गर्ने।
त्यस्तै नोट २० बुकिङ गर्नेहरुले ग्यालेक्सी बड प्लस वा ग्यालेक्सी वाच ३ (४५ एम एम)३१ हजार ९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एम एम) रु २९,९९९ मा खरिद गर्न, वा सामसङगको ३२ इन्चको एलइडी टिभी ९ हजार ९९९ मा खरिद गर्ने अवसर पाउने छन्।
बुकिङ गर्नेहरुले टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७ प्रतिशत सम्म छुट तथा इकोनोमी क्लासको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट, सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुम, लेट मि इनको सेवामा छुट, सेल पेका प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्टजस्ता अफरहरु रहेको कम्पनीले जानकारी दिएको छ।
अग्रिम अर्डर गर्नेहरुलाई १ वर्षसम्मको बीमा कम्पनीले नै गरिदिने बताएको छ।