देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष कूल धान रोप्न योग्य क्षेत्रफलको ९८.१९ प्रतिशत धान रोपाइँ भएको हो।
गत वर्ष सो अवधिमा देशभर ९४.४३ प्रतिशत धान रोपाइँ भएको थियो।
मन्त्रालयका अनुसार सुदुरपश्चिम र प्रदेश २ को सबै भुभागमा धान रोपाइँ भएको छ। त्यस्तै प्रदेश ५ र कर्णालीमा ९८ प्रतिशत, गण्डकी र प्रदेश ३ मा ९७ र प्रदेश १ मा ९५ प्रतिशत धान रोपाइँ भएको छ।
भौगालिक अवस्थाअनुसार उच्च पहाडमा ९८.५४, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५० प्रतिशत धान रोपाइँ भएको छ।