मी १० अल्ट्रा स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक भएको छ। चिनियाँ स्मार्टफोन निर्माता शाओमीले मी सिरिजको विशेष मोडल सार्वजनिक गरेको हो।
कम्पनीले १० औं वार्षिकोत्सवको अवसरमा उक्त फोन सार्वजनिक गरेको हो।
चिनियाँ बजारमा १० र ८ जिबी र्याममा उपलब्ध यो फोन १२ जिबी र्याममा पनि रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिभ्युहरुका अनुसार एन्ड्रोइडमा आधारित मियुई १२ अपरेटिङ सिस्टममा चल्छ।
रियर क्यामेरा ४८ मेगापिक्सेलको भएको स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ
४ हजार ५ सय एमएएच क्षमताको ब्याट्री भएको फोनले १२० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। कम्पनीको दाबीअनुसार यसको ब्याट्री २३ मिनेटमा पूर्ण चार्ज हुने छ। यस बाहेक यो फोनले ५० वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने छ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा सार्वजिनिक भएको यो फोन चीन बाहिरको बजारमा आउने नआउने निश्चित भएको छैन।