मल्टी नेशनल ब्राण्ड गोदरेजले नयाँ प्रोडक्ट ल्याउने तयारी गरेको छ। विद्युतीय उत्पादनअन्तर्गत रेफ्रिजेनेरेटरबाट नेपाली बजारमा प्रवेश गरेको गोदरेजले अहिले नयाँ प्रोडक्ट ल्याउने तयारी गरेको हो।
गोदरेजको सामान अहिले चौधरी ग्रुपले ल्याउने गरेको छ। सिजीले लिएपछि वार्षिक २० देखि २५ प्रतिशत ग्रोथ हुँदै गएको एजिएम शैलेन्द्र झाले बताए।
‘हामीले काम गर्दा यसको रेफ्रिजेनेटर मात्र थियो। अहिले एलइडी बाहेक चेष्टफिजर, माइक्रो वेभ, वासिङ मेसिनलगाएतका उत्पादन छन्। अझ नयाँ प्रोडक्ट ल्याउने तयारीमा छौं,’ उनले भने।
गोदरेजको फ्रिज ३० लिटरदेखि ३ सय ४३ लिटरसम्म रहेको छ। त्यसको मूल्य क्रमशः १८ हजारदेखि ८० हजारसम्म रहेको कम्पनीले बताएको छ।
ब्राण्डको विश्वासले नै यसको छिटोभन्दा छिटो ग्रोथ हुन सफल भएको उनी बताउँछन्।
उनकाअनुसार सिजीले काठमाडौंमा २४ घण्टा भित्र ग्राहकलाई सेवा दिएको छ। दुर्गम क्षेत्रमा समेत हामीले ग्राहकलाई सेवा दिएको उनले बताए। गोदरेजका प्रोडक्ट प्रयोग गर्ने ग्राहकलाई यसको पार्टस सजिलै पाइने उनको भनाइ छ।
ग्राहकले पैसालाई मात्र ध्यान दिएर कम्पनीको ब्याकअप, सामानको गुणस्तर र सेवालाई हेर्नुपर्ने उनले बताए। यो ब्राण्ड प्रयोग गर्ने इन्ट्री लेबल, मिडियल सेगमेन्ट र प्रिमियम ग्राहक छन्। सबै ग्राहकलाई सुहाँउदो सामान भएको उनले बताए।
टिसियलको पनि नयाँ प्रोडक्ट ल्याउन लागिएको उनले जानकारी दिए।
‘पहिला एलइडी मात्र थियो अहिले एसी, चेष्टफिजरलगायतका सामान छन्। रेफ्रिजेनेटर पनि आगामी दिनमा ल्याउने सोंचमा छौं,’ उनले भने।
कम्पनीको मूख्य मेन फोकस एलइडीमा छ। २४ इञ्ज देखि ६५ इञ्च सम्मको नर्मल, स्मार्ट युएसभी,कर्गो टिभी उपलब्ध रहेको उनले बताए।
कम्पनीले भर्खरै सिएट भन्ने ५५ इञ्चको टिभी बजारमा ल्याएको छ। ६५ इञ्चको दशैंसम्ममा आउने उनले बताए।