रियलमीले नेपाली बजारमा एकैपटक चारओटा नयाँ डिभाइस सार्वजनिक गरेको छ। स्मार्ट वाच,स्मार्टब्यान्ड,बड्स एयर, र बड्स एयर नियो नेपाली बजारमा सार्वजनिक गरेको हो।
प्राय कम्पनीहरुले नेपाली बजारमा स्मार्टफोन र सिमित एआइओटी डिभाइसमात्र सार्वजनिक गर्दै आएका छन्। तर रियलमीले नेपाली बजरामा एआइओटी सेग्मेन्टमा अग्रनी हुने लक्ष्यसहित धेरै डिभाइस बजारमा ल्याएको बताएको छ।
रियलमी स्मार्टघडी
कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले भएको रियलमीको पहिलो स्मार्टघडीमा ब्राइटनेसको १० तहसम्म रहेको छ।
कोर्निङ सुरक्षा भएकाले नकोतरिने र कलरसहितको चम्किलो डिस्प्ले भएकाले गुणस्तरीय भिजुअल अनुभव दिने कम्पनीले जानकारी दिएको छ।
यसमा हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि हर्ट रेट सेन्सर पनि रहेको छ। स्मार्ट नोटिफिकेशन ,प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आईओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोर्टस मोड रहेका छन्। वाटर
रियलमी स्मार्टब्यान्ड
२.४ सेन्टिमिटरको स्क्रिनमा डिजाइन गरिएको ब्यान्डमा ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ । भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्ने सुविधा पनि पाउने छन्।
यसमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड रहेका छन्।
डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ सुविधा भएको यसमा चार्जिङ वा डाटा केबल बोकी राख्ने झन्झट नपर्ने कम्पनीले दाबी छ।
रियलमी बड्स एयर नियो
१७ घण्टाको ब्याट्री लाइफ र ध्वनीको राम्रो गुणस्तर सहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव ब्यान्डले दिने कम्पनीले विश्वास लिएको छ।
रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको कम्पनीले बताएको छ। बड्स एयर नियो गेमिङ मोडका साथ रहेको छ।
रियलमी बड्स एयर
न्यूनतम लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिप बाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—ईयर डिटेक्शन लगायतका फिचर भएको दाबी गरिएको यो डिभाइसले उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ।
वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बड्स एयर बन्न सफल हुने कम्पनीले बताएको छ। यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक यल्लो कलरमा यो उपलब्ध हुने छ।
यी डिभाइसहरु देशभर रहेका ९५० बढी स्टोर तथा दराज डटकममा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
उत्पादन | मुल्य | कलर | उपलब्धता |
रियलमी स्मार्टघडी | रु ७,७९९ | ब्ल्याक | साउन ११ गतेदेखि नेपालभरका अफलाइन स्टोर र दराज डट कम डट एनपी मा उपलब्ध |
रियलमी स्मार्टब्यान्ड | रु २,९९९ | ब्ल्याक |
रियलमी बड्स एयर नियो | रु ५,५९९ | ह्वाइट |
रियलमी बड्स एयर | रु ६,९९९ | ब्ल्याक, ह्वाइट, यल्लो |