चिनयाँ स्मार्टफोन ब्रान्ड वनप्लसको ग्यालरीमा नयाँ अपडेट आएको छ। पछिल्लो अपडेट ३.१२.२८ ले ग्यालरीमा भिडिओ सम्पादनको सुविधा थप गरिदिएको छ।
स्मार्टफोनले फोरके गुणस्तरका भिडिओ रेकर्ड गर्ने क्षमता भएपनि यअसघि थर्डपार्टी एपमा गएर सम्पादन गर्नुपर्ने बाध्यता यो अपडेटबाट अन्त्य भएको हो।
नयाँ अपडेटले फोरके भिडिओ सम्पादनको सुविधा ग्यालरीमै थप गरिदिएको छ।यो सुविधा यदि वनप्लस ग्यालरीका प्रयोगकर्ताले नपाएको भए एप अपडेट गर्नुपर्छ।
यो सुविधा थप भएसँगै प्रयोगकर्ताले भिडिओ रेकर्ड गरेर सिधै ग्यालरीबाट सम्पादन गर्नसक्ने छन्। धेरैजसो स्मार्टफोनमा भिडिओ सम्पादनका लागि थर्डपार्टी एपको सहायता लिनुपर्छ।