चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेका लागि सयुक्त राज्य अमेरिकाले दिएको अस्थायी लाइसेन्सको म्याद सकिएको छ। यस्तो लाइसेन्स नविकरण नभएसँगै अमेरिकी प्रविधिको प्रयोगमा हुवावेलाई रोक लागेको छ।
अमेरिकी सरकारले हुवावेलाई कालोसूचीमा राखेपनि अमेरिकी प्रविधिको प्रयोगका लागि भन्दै अस्थायी लाइसेन्स दिंदै आएको थियो। पछिल्लोपटकको लाइसेन्सको अवधि गएको बिहीबार सिकएपछि हुवावेले अबदेखि चीप तथा सफ्टवेयर प्रयोग गर्न पाउने छैन।
योसँगै हुवावेले गुगलको एन्ड्रोइड तथा अन्य चिपहरु पनि प्रयोग गर्न पाउने छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार हुवावेले यसबारेमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन।
विशेषगरी संसारभर रहेका एन्ड्रोइडमा आधारति हुवावेका स्मार्टफोनहरुले सुरक्षा तथा सफ्टवेयर अपडेट पाउछन् कि पाउँदैनन् भन्ने प्रश्न उठेको छ।
चिनियाँ मिडिया ग्वोबल टाइम्सले हुवावेलाई उद्धृत गर्दै अहिले भएका कुनै पनि हुवावेका डिभाइसले नियमित अपडेट पाउने उल्लेख गरेको छ।
अमेरिकाले प्रतिबन्ध गरेदेखि नै हुवावेले पुरा डिभाइसमा कुनै पनि प्रभाव नपर्ने बताउँदै आएको छ।