नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ।
पठनपाठनमा उपयुक्त हुने गरी ह्याप्पी लर्निङ प्याक ल्याइएको यो प्याक बुवाको मुख हेर्नेदिन(कुसे औंसी) को दिन सार्वजनिक हुने छ।
३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुने छ।
३१५ रुपैयाँको प्याकमा २४ जीबी डेटामध्ये २० जीबी जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटजस्ता एप्लिकेसन प्रयोग गर्नका लागि हुने छ। बाँकी ४ जीबी कुनै पनि एप्लिकेसन उपयोग गर्न सकिने छ ।
५ सयको प्याकमा ३५ जीबीमध्ये ३० जीबी जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा प्रयोग गर्नका लागि र बाँकी ५ जीबी कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । दुवै प्याकेजको समयावधि २८ दिनका लागि हुने छ।
प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनुपर्ने छ।
यसरी इमेलमा प्राप्त भएको अनुरोधन भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सूचना दिनेछ । एसएमएस पाएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याक खरिद गर्न सकिने छ।
विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्ने छन्।