भारतीय इकमर्श प्ल्याटफर्म फ्लिपकार्ट र नेपालको सस्तोडील बीच साझेदारी भएको छ। यो साझेदारीसँगै फ्लिपकार्टमा रहेका सामानहरु नेपालबाटै अर्डर गर्न सकिने भएको छ।
दुई कम्पनीबीच पहिलेदेखि नै प्राविधिक साझेदारी थियो।
औपचारिक घोषणा आउने शुक्रबारमात्र गर्ने बताइएको यो सम्झौता अन्तर्गत सस्तो डिलको वेबसाइटमा फ्लिपकार्टका सामग्रीहरु किन्ने बिकल्प हुने छ।
फ्लिपकार्टमा रहेको प्राइभेट लेवलबाट खरिद गर्दा १-२ दिनमै डेलीभरी पाउनेछन्। त्यस्तै फ्लिपकार्टको स्टोरबाट खरिद गर्दा भने २१ दिनसम्म डेलिभरी समय लाग्ने छ।
यसरी नेपालबाट खरिद गर्दा अहिले समित वस्तुहरुमात्र रहेका छन्। हालका लागि ५ हजार वस्तुहरु सस्तोडिलबाट खरिद गर्न सकिने छ। सामग्रीको उपलब्धतता बढाउने र डेलीभरी समय छोट्याउँदै जाने सस्तोडिलले जानकारी दिएको छ।
नेपाली बजारमा यसअघि दराज डटकम मार्फत् अलिबाबा प्रवेश गरिसकेको छ।