नेपालमा फाइभजी प्रविधि ल्याउनका लागि अध्ययन हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यसको अध्ययन गर्ने भएको छ।
प्राधिकरणले यही वर्षदेखि यसको अध्ययनको प्रक्रिया अघि बढाउने घोषणा गरेको छ। चालु वर्षका लागि ल्याइएको वार्षिक कार्यक्रममा फाइभजी भित्र्याउने तथा नयाँ फ्रिक्वेन्सी एलोकेट गर्दा हुन सक्ने इन्टरफ्रेन्सका सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने/गराउनका लागि बजेट विनियोजन गरिएको छ।
प्राधिकरणले फाइभजीसँगै एसडिआरका बारेमा पनि अध्ययन गर्ने भएको छ। यी दुई शिर्षकमा गरी यो वर्षका लागि ३० लख बजेट विनियोजन गरिएको छ।
यो विषयमा कानूनी तथा नीतिगत व्यवस्था तय गर्नका लागि प्राधिकरणले परामर्श दाता नियुक्त गर्ने कार्यक्रम बनाएको छ। परामर्शदाताको रिपोर्टअनुसार नयाँ प्रविधिकलाई भित्र्याउने कानूनी व्यवस्था बनाउने छ।
हाल नेपालमा नेपाल टेलिकमले फोरजी विस्तारको काम गरिरहेको छ भने एनसेलले देशका अधिकांस ठाउँमा फोरजी सेवा विस्तार गरिसकेको छ। स्मार्ट टेलिकमले पनि फोरजी सेवा दिइरहेको छ। नेपालमा पहिलोपटक नेपाल टेलिकमले २०७३ साल पुसमा फोरजी सेवा सुरु गरेको थियो।
फाइभजी इन्टरनेट अहिलेसम्मकै द्रुत गतिको तार बिहिन इन्टरनेट हुने छ। यो एउटा पाँचौ पुस्ताको मोबाइल इन्टरनेट प्रविधि हो।
अहिले संसारका विभिन्न विकासित मुलुकहरुमा सुरु भइसकेको यस्तो प्रविधको वास्तविक गति तथा गुणस्तरका बारेमा एकिन तथ्यांक आएको छैन। फोरजीबाट २ घण्टाको एचडी भिडिओ डाउनलोट हुन १५ मिनेटको समय लाग्छ भने फाइभजीमा यस्तो समय चार सेकेन्ड बढी नहुने बताएको छ। त्यस्तै कुनै पनि वेबलिंक क्लिंक गरेपछि खुल्ने समय(लेटेन्सी) फोरजीमा ४५ मिलिसेकेन्ड रहेकोमा फाइभजीमा यो १ सेकेन्डमा झर्ने छ।
गतिसँगै यसको कभरेज पनि व्यापा हुने भएकाले यो प्रविधिबाट भविष्यमा रियल टाइम रिमोट कन्ट्रोल प्रविधि कार्यान्यवयनमा सहज हुने छ। यही प्रविधिबाट ड्राभरलेस कारदेखि ड्रोन टेक्नोलोजी, टेलिमेडिसनमा व्यापक परिवर्तन हुने विश्वास गरिएको छ।
तर नेपालमा फोरजीकै सेवा विश्वव्यापी मानकअनुसारको अनुभव उपभोक्ताले पाएका छैनन्। इन्टरनेटको गति, कभरेज जस्ता कुरा सपोर्टिभ प्रविधि तथा लगानीमा पनि भर पर्ने हुन्छ।