नेपाल दूरसञ्चार प्राधिकरणले संसदीय समितिहरुका लागि पूर्वाधार निर्माण गरिदिने भन्दै बजेट विनियोजन गरेको छ।
दूरसञ्चार क्षेत्रको नियमक समेत रहेको प्राधिकरणले संसदको लेखा र विकास समितिका लागि प्रविधि पूर्वाधारको आवश्यकता सम्बोधन गर्न भन्दै बजेट विनियोजन गरेको हो।
प्राधिकरणले सूचना आयोगका लागिसमेत आवश्यक पूर्वाधार बनाइदिने भन्दै ३ करोड बजेट विनियोजन गरेको हो।
संसदीय समितिहरु र आयोगमा सूचना प्रविधिक सम्बन्धिको आवश्यकता पहिचान गरी पूर्वाधार बनाइदिने प्राधिकरणले बजेट तथा कार्यक्रममा उल्लेख गरेको छ।
संसदको लेखा समितिले बेरुजु तथा अनियमितताका सन्दर्भमा छानविन तथा छलफल गर्छ भने विकास तथा प्रविधि समितिले पनि प्राधिकरण लगायतका संस्थाका गतिविधिमाथि छलफल गर्दै आएको छ।