भारको एक विश्वविद्यालयले कोरोना कहरकै बीचमा दिक्षान्त समारोह आयोजना गरेको छ। सँधैजसो भौतिक रुपमा सभाको आयोजना गरिने यस्तो समारोह यो पटक भने नयाँ तरीकाबाट भएको छ।
कोरोनाका कारण संसारभर शैक्षिक गतिविधि बन्द अगाडी बढ्न सकेका छैनन्। विद्यालय शिक्षा यो एक वर्ष के हुन्छ भनेर प्रश्नहरु उठिरहेका छन्। यस्तोमा भारतको इन्डियन इन्सच्युट अफ टेक्नोलोजी (आइआइटी) ले भने भर्चुअल रियालिटी(भिआर)को माध्यमबाट दिक्षान्त समारोह आयोजना गरेको छ।
भारतको प्रतिष्ठित यो विश्वविद्यालयले २ हजार बढी विद्यार्थीको अवतार बनाएर सर्टिफिकेट प्रदान गरेको थियो। गएको आइतबार सम्पन्न यो समारोहमा आइआइटीका निर्देशक सुभाशिष चौधरीले सर्टिफिकेट प्रदान गरेका थिए।
यसरी आयोजना गरिएको समारोह फेसबुक तथा युटुबमा लाइभ गरिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परम्परा र प्रविधिको अद्भुत मिश्रणका रुपमा यो समारोहलाई लिनुपर्ने बताएका थिए।
'यो प्रविधि र परम्पराको आश्चर्यजनक मिश्रण हो' उनले भनेका छन्।