कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै संसारका धेरै देशमा जारी गरिएको लकडाउनले स्मार्टफोनको व्यापार पनि प्रभावित बनाएको छ।
गार्टनरले गरेको एक अध्ययनका अनुसार सन् २०२० को ६ महिनामा अघिल्लो वर्षको तुलनामा स्मार्टफोन बिक्री २०.४ प्रतिशतले घटेको छ।
यो छ महिनामा कूल २९ करोड ४६ लाख ६६९ युनिट स्मार्टफोन बिक्री भएका छन्। यसरी बिक्री गर्नेमा पहिलो नम्बरमा सामसङ छ भने दोस्रो हुवावे र तेस्रो एप्पल छ।
सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने पाँच कम्पनीमध्ये ३ चिनियाँ कम्पनी रहेका छन्। चौथो ठूलो शाओमी छ भने पाँचौ ठूलो औप्पो रहेको छ।
अघिल्लो वर्षको तुलनमा सबै कम्पनीको बिक्री घटेको छ। यद्यपी एप्पलको बिक्री भने सबैभन्दा न्यून ०.४ प्रतिशतले घटेको छ। अमेरिकी प्रतिबन्धका बाबजुद हुवावेको बिक्री पनि ६ प्रतिशतलेमात्र घटेको छ। बाँकी शाओमीको बिक्री २१ प्रतिशतले घट्दा ओप्पोको बिक्री १५ प्रतिशतले घटेको छ।