सामसङले आफ्ना नयाँ फ्ल्यागशिप फोनहरुः ग्यालक्सी नोट२० र ग्यालक्सी नोट २० अल्ट्रामा प्रि–बुकिङको समयमावधि बढाएको छ।
विश्वभरी फिलिएको काेराेना भाइरस महामारीका कारण कम्पनीले प्रि–बुकिङका अवधि भदौ १९ सम्म विस्तार गर्ने निर्णय गरेको हो।अब ग्राहकहरूले सबै प्रि–बुकङका अफरहरु विस्तारित समयसम्म लिन सक्नेछन्।
मूल्य तथा प्रि–बुकिङ अफरहरु
ग्यालक्सी नोट २० को नेपाली बजारमाः १ लाख ९ हजार ९ सय९९
ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्यः १ लाख ३९ हजार ९ सय ९९
ग्यालक्सी नोट २० अल्ट्रा को प्रि–बुकिङ गर्नेे ग्राहकहरुले यी मध्ये कुनै एक छनौट गर्नसक्ने कम्पनीले बताएको छ।
ग्यालेक्सी बडं वा
ग्यालेक्सी वाच ३ (४५ एम एम) २९ हजार ९ सय ९९ मा, ग्यालेक्सी वाच ३ (४१ एम एम) २७ हजार ९ सय ९९ मा र सामसङ लेड टि.भी (३२ इन्च) ८ हजार ९सयमा ९९ मा किन्न सक्छन्।
त्यसैगरी, ग्यालक्सी नोट२० को प्रि–बुकिङ गर्ने ग्राहकले यीमध्ये कुनै एक छान्न सक्ने भएका छन्।
ग्यालेक्सी बडं वा
ग्यालेक्सी वाच ३ (४५ एम एम) ३१ हजार ९ सय ९९ मा, ग्यालेक्सी वाच ३ (४१ एम एम) २९ हजार ९ सय ९९ मा किन्न सक्छन्। साथै सामसङ लेड टि.भी (३२ इन्च) ९ हजार ९ सय ९९ मा किन्न सक्छन्।
यसका साथै, प्रि–अर्डर गर्दा गिफ्टको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ।
अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन.एल.जि इस्युरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) किन्न सकिने लगायतका सुविधा दिइने बताइएको छ।
यससँगै अर्को स्टोर तथा आइएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्न सकिने लगायतका सुविधा पाउनेछन्।