ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनैतिक सहकार्य सम्झौता गरेको गरेको छ।
सम्झौताअनुसार अब मेक्सिकन र ल्याटिन अमेरिकी बजारमा ओपो स्मार्टफोन अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत पाइनेछ। जसले वैश्विक बजार विस्तारका लागि ओपोको प्रतिनिधित्व गर्छ।
अमेरिका मोभिलसंगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेश गर्न सहज भएको कम्पनीले बताएको छ।
वैश्विक बजार विकासमा यसको विशेष महत्व रहेको ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले बताए।
‘अमेरिका मोभिल र ओप बीचको यस सहकार्यले थप नयाँ उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिन्छ’, टेलसेल मार्केटिङका उप निर्देशक मार्कोस लिनेर्सले भने।
हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससंग पार्टनरशिप स्थापित गरिसकेको बताएको छ।