जापनिज टेक कम्पनी स्काइ ड्राइभले उड्ने कारको सफल परीक्षण उडान गरको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा उड्ने कारको सार्वजनिक परीक्षण सम्पन्न गरेको जानकारी दिइएको छ।
एसडी-०३ मोडल भनिएको यो कार विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ साधन संसारकै पहिलो भएको दाबी गरिएको छ। गएको शुक्रबार सम्पन्न उक्त परीक्षण उडान ४ मिनेटको थियो।
पछिल्लो दुई सय वर्षको इतिहासमा उड्ने कारको वास्तविकता नजिक पुग्न लागिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीकाअनुसार यो कार निर्माणको परियोजना पाँच वर्षअघि सुरु भएको थियो।
सन् २०१२ मा स्थापना भएको कम्पनीले २०१४ देखि यो कारको विकास सुरु गरेको थियो। कम्पनीले यसका लागि डेभलपमेन्ट विकास अफ जापान लगायतका संघसंस्था तथा व्यक्तीबाट यो परियोजनाका लागि लगानी भएको जानकारी दिएको छ।
फ्लाइङ कार विकास परियोजना भएको यो जापानी कम्पनीमात्र होइन संसारका अन्य धेरै कम्पनीहरु यस्तै परियोजनामा लागि परेका छन्। बोइङ र एयरबस पनि यस्तै परियोजनामा छन्। टोयटा, पोर्स्चे, हुन्डाइ र उवर लगायतका कम्पनीहरुले फ्लाइङ कारमा काम गरिरहेका छन्।