क्लासिक टेकका प्रयोगकर्ताहरुले टिकटक सहजै चलाउन सक्ने कम्पनीले बताएको छ। ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई वृद्धि गरेको उसको भनाइ छ।
जसका लागि कम्पनीले 'ब्याण्डविथ' व्यवस्थापन गरेर प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा दिइरहेको छ। अहिले भइरहेको ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको कम्पनीको दाबी छ।
यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आइपुग्ने भएको छ।
‘ग्राहकहरुले टिकटक चलाउन सहज होस् भनेर हाम्रो प्राविधिक टिम २४शै घण्टा खटिएको छ। हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिक टेकले भनेको छ।