स्मार्टफोन ब्रान्ड भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष भयो। गएको तीन वर्षमै भिभोले नेपाली बजारमा आफ्नो हिस्सा बढाउँदै लिएको छ।
नेपाली बजारमा रहेका शिर्ष मोबाइल ब्रान्डहरुको सूचीमा भिभो पनि एक हो।
नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भन्दा कम समयमा, भिभोले स्मार्टफोन प्रविधि निर्माणमा आफ्नो लागी राम्रो स्थान बनाउन सफल भएको छ । नेपालमा २०१७ मा प्रवेश गरेको थियो। त्यसयता विकासशील जीवनशैली र बजेट प्राथमिकताहरुमा मध्यनजर गर्दै ३ विभिन्न सिरिज भी,एस र वाइ का स्मार्टफोनहरु नेपाल ल्याएको छ।
'यो छोटो अवधिमा, भिभो बजारमा मात्र एक नयाँ ब्राण्ड देखी नेपालको उत्कृष्ट शीर्ष स्मार्टफोन ब्राण्डहरु मध्ये एक हुन सफल रहेको छ । हामी बिस्तारै विश्वसनीयता बढाउँदैछौ र बजारमा ग्राहकहरुको मनोकांक्षालाई बुझ्दैछौ । कुशल र सशक्त ग्राहक सेवा र वितरण नेटवर्कको साथ, हामी हाम्रो प्रयोगकर्ताहरुको लागी खरीद र बिक्री पछिको अनुभव सुधार गर्ने लक्ष्य लिएका छौं' भिभोले नेपालका सन्दर्भमा उल्लेख गरेको छ।
नेपालमा पछिल्लो समय स्मार्टफोन कनेक्टिभिटीको दर बढीरहेको छ। योसँगै भिभोले पनि आफ्नो उपस्थिति बढाउँदै लिएको छ। कम्पनीका बजेटदेखि फ्ल्यागशिपसम्मका विभिन्न स्मार्टफोनले बजार विस्तारमा सहयोग गरेको छ।
भिभोले भनेपालमा भी सिरिज, एस सिरिज र वाइ सिरिज ल्याइसकेको छ। भी सिरिजमा भी १५ प्रो र भी १७ प्रो मार्च २०१९ र सेप्टेम्बर २०१९ मा क्रमशः कम्पनीले नेपाली बजारमा भित्र्याएको थियो। एआइ क्यामेरा, बलियो ब्याट्री र सशक्त प्रदर्शनका कारण नेपाली बजारमा धेरै रुचाइएको कम्पनीले जानकारी दिएको छ।
जुलाई २०२० मा भित्राईएको भी १९ लाई यसको सुपर नाईट सेल्फी, अरा स्क्रिन लाईट र सुपर–वाईड–एङंगलका साथ डुअल फ्रन्ट ३४ + ८ एमपी क्यामेराको साथ एआइ भिडियो एडिटर र थ्रीडी कर्भले युवा प्रयोगकर्तालाई आकर्षित गरिरहेको छ।
यसअघि नेपालमा अत्याधिक सफल मोडल भी ९ थियो हो। मार्च २०१८ नेपाल भित्रिएको यसको शक्तिशाली प्रोसेसर र नवीन प्रविधि धेरैको रोजाइ बनेको थियो।
२०१९ जुनमा भित्रिएको वाइ सिरिज वाँटरड्रप–स्टाईल–नच् को प्रयोगले नयाँपन ल्याएको थियो। ६.२ इन्च एचडी डिस्प्ले र हेलियोए २२ प्रोसेसरका कारण पनि यसको फरक अनुभुति प्रयोगकर्ताले गरेका कम्पनीको दाबी छ।
स्टाईल–ड्रिभन एस सिरिज पनि सन् २०१९ मै भित्रिएको थियो। रियर ट्रिपल क्यामेरा, स्लिक डिजाईन र उत्कृष्ट प्रदर्शनका कारण यो सिरिज पनि रुचाइएको कम्पनीले बताएको छ।
नेपाली बजारमा भिभोको बजार हिस्सा १२.३ प्रतिशत रहेकको छ। नेपालका १२ सय बढी रिटेल स्टोरसँग सहकार्य गरेको कम्पनीले बिक्रीलाई आझै सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
आविष्कारमा पनि भिभोको पदचाप
भिभोले आफ्नो लागी ‘ईन्डस्ट्री–फर्स्ट’ नारासहित काम गरिरहेको जनाएको छ। उसले यही अभियानमा स्मार्टफोनमा कयौ नयाँ प्रविधिहरु स्थापित गरेको बताएको छ। विश्वव्यापी ३० भन्दा बढी ठूला बजारहरुमा पुगेको यसले स्मार्टफोनहरुमा सुरक्षा फिचरको रुपमा सेटको पछाडी फिंगरप्रिन्ट स्क्यानर को ठाउँमा भिभो ले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिमा पहिलोपटक प्रयोग गरेको थियो।
सबै भन्दा पहिले स्मार्टफोनमा समर्पित हाई–फाई क्वालिटी अडियो चिप राख्ने देखी विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रेकर्ड तोड्ने भिभो, प्रविधिमा नवीनतम अनुभव पछ्याउँन प्रतिबद्ध भएको कम्पनीले बताएको छ ।
भिभो पहिलो ब्राण्ड थियो जसले विश्वको पहिलो एआइ फ्रन्ट क्यामेरा राखेको थियो। त्यस्तै नेपाली बजारमा भिभोले पहिलो पटक इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र पप–अप क्यामेरा भएको फोन भित्र्याएको थियो।
अबको ध्यान फाइभजीमा
फाइभजी ले नेपाली बजारमा फिचर फोन–टु–स्मार्टफोन माईग्रेसन प्रक्रियालाई प्रभावकारी ढंगले विस्तार गर्ने भिभोको विश्वास छ।
मे २०२० सम्म भिभोले २,००० भन्दा बढी आविष्कार अनुमतिहरुका लागी निवेदन दिएको छ।
अबको अनुसन्धान झन नयाँ र उपभोक्तामैत्री डिभाइस तथा एप्लीकेशन निर्माणमा हुने कम्पनीले बताएको छ। भिभोले हाल ९ अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिसकेको छ।