नेपाली बजारमा पछिल्लो समय द्रुत गतिको मोबाइल इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बढीरहेको छ। कूल डेटा खपतमा मोबाइलबाट चलाइने फोरजी र थ्रीजी इन्टरनेटको हिस्सा धेरै रहेको छ।
मोबाइल प्रविधिमा व्यावसायिक रुपमा प्रयोगमा आएको फोरजी सुरु भएको करिब चार वर्ष हुन लागेको छ। यस्तोमा सबैधन्दा धेरै हिस्सा भने निजी क्षेत्रको कम्पनी एनसेलले अग्रता लिएको छ।
फोरजी बजारमा एनसेल एक्लैको ७८ प्रतिशत हिस्सा रहेको छ। नेपालमा कूल ४७ लाख फोरजी इन्टरनेट प्रयोगकर्ता रहेकोमा एनसेल एक्लैका ३६ लाख फोरजी प्रयोगकर्ता छन्।
एनसेलले नेपालमा २०७४ सालमा मात्र फोरजी सेवा सञ्चालनको अनुमति पाएको थियो। कम्पनीले त्यसयता देशका विभिन्न सहरहरुमा सेवा विस्तार गर्दै आफ्नो अग्रता कायम गरेको थियो। कम्पनीले मोबाइल सेवा फोरजी- लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क देशका हजार बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ।
त्यस्तै नेपाल टेलिकम दोस्रो स्थानमा छ। उसका ८ लाख प्रयोगकर्ता छन् भने स्मार्ट टेलिकमका करिब २ लाख प्रयोगकर्ता पुगेका छन्। २०७३ सालमै नेपालमा फोरजी सेवा सञ्चालनको अनुमति पाएको टेलिकमले नेटवर्क विस्तारमा धेरै समय लागएको थियो। यद्यपी अहिले पनि कम्पनीको नेटवर्क विस्तारको काम सकिएको छैन।
देशका मुख्य सहरहरुमा फोरजी सेवा विस्तार गरिसकेको सरकारी स्वामित्वको कम्पनीले केहीसमयभित्रै देशव्यापी फोरजी सेवा विस्तार गर्ने जानकारी दिएको छ।
थ्रीजीमा भने नेपाल टेलिकमको बजार हिस्सा धेरै रहेको छ। ८२ लाख प्रयोगकर्ता रहेको टेलिकम अरु सबै सेवाप्रयादकको जोड्दा पनि एक्लै बढी हुन्छ। एनसेलका थ्रीजी प्रयोगकर्ता जम्मा २८ लाख रहेका छन्।