चिनियाँ कम्पनी जेटटिईले 'संसारकै पहिलो अन्डर डिस्प्ले' क्यामेरा भएको अक्सन २० फाइभजी फोन सार्वजनिक गरेको छ।
जेटईको यो स्मार्टफोनमा डिस्प्लेभित्रै सेल्फी क्यामेरा रहेको छ। अहिलेसम्मका स्मार्टफोनहरुमा क्यामेरा बडी वा डिस्प्ले बाहिर देखिएको हुन्छ। यो फोनमा पहिलोपटक बडीभित्रै क्यामेरा सेट भएर आएको छ।
यो फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर भएको यसमा कूल चार क्यामेरा सेटिङ छ। फाइभजी नेटवर्क सपोर्ट गर्ने यसको डिस्प्ले ६.९२ इन्चको छ। यसको सेल्फी क्यामेरा ३२ मेगापिक्सेलको छ।
४२२० एमएएच क्षमताको ब्याट्री भएको यो फोन ३० वाटको फास्ट चार्जिङ सुविधा रेको छ। चिनियाँ बजारमा ६ जिबी र ८ जिबी र्याम भेरियन्टमा उपलब्ध यो फोनमा स्टोरेज १२८ र २५६ जिबी स्टोरेजमा उपलब्ध हुने छ। यसको अन्तर्राष्ट्रिय बजारमा उपलब्धताका बारेमा केही पनि जानकारी आएको छैन।
जेटईका स्मार्टफोनका नयाँ तथा उच्च मूल्य श्रेणीका मोडल नेपाली बजारमा धेरै आउँदैनन्।
विश्वबजारमा चिनियाँ कम्पनीहरुमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लाग्दै आएपनि पछिल्लो समय चिनियाँ कम्पनीहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन्। इनडिस्प्ले फिंगरप्रपिन्ट सेन्सर,पपअप क्यामेरा, उच्च मेगापिक्सेल सेन्सरजस्ता प्रयोग चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुले पहिलोपटक प्रयोगमा ल्याएका थिए।