एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ को एसईईका विद्यार्थीहरुका लागि ‘पहिलो सिम’ अफर ल्याएको छ ।
यो योजनामा एसईईका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिमको किन्न सक्छन्। साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिनसक्ने कम्पनीले बताएको छ। उक्त योजना बिहीबारदेखि लागू भएको छ।
सिम लिन विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्छ। यो सिम विद्यार्थीले आफूलाई सहज हुने एनसेल सेन्टरबाट लिन सक्छन्।
यो सिम लिएपछि निःशुल्क माइफाइभ सेवा लिन सकिन्छ। आफू सधैं सम्पर्कमा रही रहने पाँच वटा एनसेलहरु माइफाइभ समुहमा सेट गर्न सकिने कम्पनीको भनाइ छ।
यसको लागि विद्यार्थीहरुले *५५४४# डायल गर्नुपर्छ। माइफाइभ सेवाको समुहमा राखेको नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ।
नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन्।
कम्पनीकाअनुसार ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन्।
पहिलो सिम सुचारु गरेपछिको पहिलो दिनको मध्यरात सम्ममा सय वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म१०० एमबी डेटा बोनस पाउने छन्।
साथै, उक्त सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक सय बराबरको खर्चमा ग्राहकले तीन सय एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा पाउने छन्। जसको तीन दिनको समय हुन्छ।
पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहने बताइएको छ।
विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा *१७११८# डायल गरी भ्वाइस प्याक किन्न सकिन्छ।
ग्राहकले *१७१०३# डायल गरी आवश्यकताअनुसार प्याक किन्न सक्छन्। यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहन कम्पनीले जानकारी दिएको छ।