सरकारले देशभरका सबै स्थानीय तहका लागि आवश्यक सेवा सुविधा दिनका लागि एउटै मोबाइल एप्लीकेशन ल्याएको छ।
७५३ स्थानीय तहका लागि प्रयोग हुने एउटा टेम्पलेटमा निर्माण गरिएको मोबाइल एप्लीकेशन ल्याइएको छ। हालसम्म यो एप ४३३ तहले प्रयोगमा ल्याएको सूचना प्रविधि विभागले जानकारी दिएको छ।
यो एप्लीकेशन प्रयोग गरेर नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपुर्ण स्थानहरु आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सुचना तथा जानकारी सजिलै प्राप्त गर्नुका साथै यस एपबाट हाल फैलिएको कोभिड १९ महामारीका सूचना समेत पाउने छन्।
स्थानीय तहबाट प्रदान गरिने सेवाहरु बापतको भुक्तानी नागरिकहरुले एप बाट नै विद्युतीय माध्यमबाट गर्न सक्ने छन्।
सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार गरिएको मोबाइल एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आइओएस प्रयोगकर्ता हरुले एपस्टोरबाट स्थानीय तहको एप 'local Level" नामबाट खोजी गरी प्राप्त गर्न सक्नेछन ।
यो भन्दा पहिला स्थानीय तहहरुले छुट्टै ल्याएका एप अब अस्तित्वमा नरहने विभागले जानकारी दिएको छ।