चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ प्रविधिसहतिको स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले अहिले विकास गरिरहेको स्मार्टफोन छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ।
चिनियाँ समाजिक सञ्जालमा प्रशारित भएको एक भिडिओअनुसार भिभोले बडीको रंग बदलिने प्रविधिको स्मार्टफोन ल्याउने भएको हो।
फोनको ब्याकप्यानलमा एउटा विद्युतीय ग्लासको प्रयोग हुने छ। जहाँ रंग आफै बदलिने छ।
कम्पनीले यस्तो फोनको विकास गरिसकेको जानकारी दिइएको छ। यद्यपी बजारमा आउनका लागि भने सन् २०२१ को सुरुसम्मको समय लाग्ने छ।
यसअघि भिभोको प्यारेन्ट कम्पनी बिकेकेले नै वनप्लस ब्रान्डको कन्सेप्ट फोन यस्तै प्रविधिको सार्वजनिक गरेको थियो।
यो प्रविधिकबाट प्रयोगकर्ता अनुभवमा थप आयाम थपिने कम्पनीले विश्वास लिएको छ।