भाइरस भएको तथा अन्य एपलाई प्रभावित बनाएको भन्दै गुगले विभिन्न ६ एप्लिकेशन प्लेस्टोरबाट हटाएको छ। साइबर सेक्युरिटी रिसर्जचरकाअनुसार गुगलले जोकर भाइरसका कारण ती एप गुगलले हटाएको हो।
कन्भिनेन्ट स्क्यानर २, सेफ्टी एपलक, पुस म्यासेज-टेक्स्टिङ एण्ड एसएमस, इमोजी वालपेपर, सेपरेट डक स्क्यानर र फिंगरटिप गेमबक्स लगायतका एप हटाएको छ।
जोकर एउटा यस्तो भाइरस हो जसले नइच्छाएको प्रिमियम सेवा देखाउछ। यसले प्रयोगकर्ताले नचाहंदा नचाहँदै पनि क्लिक भएर प्रयोगकर्तासम्म पुग्छ।
गुगलले सन् २०१७ देखि हालसम्म यस्तो भाइरस भएका १७ सय बढी एप हटाइसकेको छ।