सामसङले आफ्नो फ्ल्यासिप स्मार्टफोन ग्यालेक्सी नोट २० सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा आज सार्वजनिक गरेको हो।
दैनिकी काम तथा मनोरञ्जका लागि आधुनिक प्रविधिसहितको यो सिरिजका स्मार्टफोन अहिलेका उपभोक्ताका लागि रुचीकर हुने सामसङ मोबाइल नेपालका बिजिनेश हेड, प्रणय रत्न स्थापितले विश्वास व्यक्त गरेका छन्। प्री बुकिङमा भएको सहभागिताबाट आफूहरु उत्साहित भएको उनले बताए।
यी स्मार्टफोन प्री बुकिङ गरेकाहरुले ग्यालेक्सी वाच ३ र सामसङ एलइडी टिभीमा छुट दिइएको थियो।
यसअघिका नोटको तुलनामा यसमा आएको एसपेन आधुनिक र स्मुथ राइटिङका सहयोगी भएको कम्पनीले जानकारी दिएको छ।
यो सिरिजका नोटको एउटा विशेषासता भनेको कम्प्युटबाट पनि एक्सेस गर्न सकिने हो। माइक्रोसफ्टको योर फोन बाट सिधै नोटमा एक्सिस गर्न सकिने छ। विन्डोज भएको कम्प्युटर तथा ल्यापटपबाट म्यासेज पठाउन, नोटिफिकेशन हेर्न तथा म्यानेज गर्न, फोनलाई उठाउन सकिन्छ।
त्यस्तै सामसङ डेक्सको माध्यमबाट स्मार्ट टिभीमा पनि कनेक्ट गर्न सकिने छ। मोबाइलमा भएको कुनै पनि कन्टेन्ट टिभीको ठूलो स्क्रिनमा हेर्न सकिने छ।
फोटो खिच्न,सम्पादन गर्न र आफ्ना आइडीया शेयर गनमिल्ने एड्भान्स फिचर्सहरु यसमा भएको कम्पनीले बताएको छ। एपमा भएका टेक्स्टहरुलाई पिपिटीएस फर्म्याटमा रुपान्तरण गर्न सकिनुका साथै अडियोलाई पनि नोटका रुपमा सेभ गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ।
नोट २० सिरिजमा गेमिङ प्रविधिलाई अत्याधुनिक बनाइएको कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार यसमा सामसङको फ्ल्यागसिप लेभलको प्रोसेसर, गेम बुस्टर तथा रेस्पोन्सिभ डिस्प्ले गेमिङमा नयाँ अनुभव प्रदान गर्ने छ।
पहिलो पटक नोट सिरिजमा ग्यालेक्सी नोट २० अल्ट्रामा डाइनामिक एमोलेड २ एक्स डिस्स्ले राखिएको छ। यसबाट भिडियो वा गेमको अनुभव राम्रो हुने छ।
नोट २० सिरिजका नोटमा ८ के क्यामेरा ले गुणस्तरीय भिडिओ खिच्ने कम्पनीको दाबी छ। प्रो–भिडियोको साथ सिनेम्याटिक भिडियोको लागि प्रो–ग्रेड फोकस, अडियो, एक्पोजर, जुम स्पीड कन्ट्रोलर, एफएजडी सँगै १२०एफबीएस भिडियो मोडहरु रहेका छन्। अडिओ सोर्सलाई पनि नियन्त्रण गर्नसकिने कम्पनीले जानकारी दिएको छ।
सामसङ ग्यालेक्सी नोट २० मिस्ट्रिक ब्रोजन,मिस्ट्रिक ग्रे र ग्रिन रंगमा छ भने अल्ट्रा ब्रोजन र ब्ल्याक रंगमा उलब्ध हुने छ।नेपाली बजारमा नोट २० को १ लाख ९ हजार ९९९ रुपैयाँ छ भने अल्ट्राको १ लाख ३९ हजार ९९९ रुपैयाँ हुने छ।
सामसङका ब्रान्डसप तथा रिटेलसपबाट आजदेखि खरिद गर्नसकिने कम्पनीले जानकारी दिएको छ।
सुपर फास्ट चार्जिङ्ग सुविधा भएका यी फोनमा ५० प्रतिशत व्याट्री चार्ज ३० मिनेटमा गर्नसकिने छ।
ग्यालेक्सी नोट २० तथा नोट २० अल्ट्राको खरिद गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
आइएमएस स्मार्ट मार्तफत् सामसङ स्मार्टफोनका ग्राहकले साटफेर पनि गर्नसक्ने छन्।