इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले बझाङ, बाजुरादेखि ताप्लेजुङसम्म आफ्नो इन्ट्रानेट सेवा विस्तार गरेको छ।
विशेषगरी बैंक तथा वित्तिय संस्थाहरुको लागि इन्ट्रानेट सेवा जडान गरिएको हाे। कम्पनीले लकडाउनको समयमा पनि निरन्तर काम गरिरहेको बताएको छ।
तर, यी क्षेत्रसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको कम्पनीकाे भनाइ छ।
कम्पनीकाअनुसार कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेली मेडिसिन सेवामा पनि उक्त सेवा उपयोग गर्न सकिन्छ।
यो सेवालाइ क्लासिक टेकको गुणस्तरीय सेवा दिने बताइएको छ।
कम्पनीले पैदल जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि इन्ट्रानेट सेवा उपलब्ध गराएको दाबी गरेको छ।
क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको सोही कम्पनीका एक प्रतिनिधीले बताए। ।
यससँगै मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा दिइरहेको उनको भनाइ छ।