नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू गरेको छ।
सर्टकोड सम्बन्धी कार्यविधि जारी गर्दै प्राधिकरणले ब्यालेन्स हाल्ने, ब्यालेन्स बुझ्ने र ब्यालेन्स ट्रान्सफर गर्नेसमम्मका सुविधा सबै सेवाप्रदायककोमा एउटै कोडबाट हुनेछ।
अहिलेसम्म यस्ता सुविधाका लागि प्रत्येक टेलिकमले आफ्नो फरक कोड प्रयोगमा ल्याइरहेका थिए।
अबदेखि नेपालमा भएका सबै टेलिकमको सिमकार्डमा ब्यालेन्स रिचार्ज गर्दा १२२ कोड प्रयोगमा आउने छ। त्यस्तै ब्यालेन्स बुझ्नका लागि १४४ र ब्यालेन्स ट्रान्सफरका लागि १४४ कोड लागू हुने छ।
यो व्यवस्था कम्पनीहरुले ६ महिनाभित्र लागू गरिसक्नुपर्ने छ।