उच्च मेगा पिक्सेलको प्रतिस्पर्धामात्र चलिरहेको अहिलेको स्मार्टफोन बजारमा चिनियाँ कम्पनी नयाँ सेन्सर विकास गरिरहेको दाबी गरेको छ। अहिले जतिसुकै पिक्सेल भएपनि न्यून प्रकाश भएको ठाउँमा तस्बिर लिन कठिन भइरहेको समयमा चिनियाँ ब्रान्ड भिभोले आरजिबी(रेड,ग्रिन,ब्लु) क्यामेरा सेन्सर विकास गरिरहेको दाबी गरेको छ।
कम्पनीले नयाँ परियोजना सफल भएमा परम्परागत क्यामेरा सेन्सरको तुलनामा २ सय प्रतिशतले फोटो सेन्सेटिभ किफायति हुने बतबाएको छ। प्राय फोन क्यामेरा सेन्सरमा आरजीजीबी सेन्सर हुने गरेको छ। नयाँ सेन्सरबाट न्यून प्रकाशमा पनि क्लियर फोटो खिच्न सकिने भिभोले दाबी गरेको छ।
नयाँ सेन्सर भएको फोन सन् २०२१ भित्र बजारमा पुग्नेमा भिभोले विश्वास व्यक्त गरेको छ।
फोन क्यामेरामा आरजीबी सेन्सर प्रयोग हुन लागेको यो पहिलोपटक भने होइन। यसअघि चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले पनि प्रयोग गरेको थियो। हुवावले पी ९ स्मार्टफोनमा सन् २०१५ मै प्रयोग गरेको थयो। त्यतिबेला लाइटको समस्या समाधान भएपनि फोटोको ब्याकग्राउन्डमा समस्या देखिएको थियो।