कोरियन कम्पनी गेमिङ कम्पनी पब्जी कर्पोरेशनले पब्जी मोबाइल गेमको भारतीय बजारमा पब्लिश अधिकार चिनियाँ कम्पनी टेन्सेन्टबाट खोसिदिएको छ।
भारतले ११८ चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएसँगै पब्जी पनि उक्त सूचीमा परेको थियो। भारतको यो निर्णयपछि कोरियन कम्पनीले भारतीय बजारमा रिलिज गर्ने अधिकार चिनियाँ कम्पनीबाट खोसेको हो।
'पछिल्लो घटनाक्रमपछि पब्जी कर्पोरेशनले पब्जी मोबाइल गेमको फ्रेन्चाइजी भारतीय बजारका लागि टेन्सेन्टसँग नरहने निर्णय गरेको छ' कम्पनीले आफ्नो ब्लगमा उल्लेख गरेको छ।
यो निर्णयसँगै उक्त गेमको भारतीय बजारमा सम्पूर्ण जिम्मा आफै लिने कम्पनील घोषणा गरेको छ।
' यो गेमको सबै पब्लिशिङ दायित्व हामी आफै लिने छौं। भारतीय गेमिङ प्रयोगकर्ताका लागि अझ उन्नत अनुभव दिन प्रयास गर्ने छौ' कम्पनीले ब्लगमा उलेलेख गरेको छ।
पब्जी मोबाइल गेमको विकास तथा सबै प्याटेन्ट राइट आफूहरुसँगै रहेको र भारत सरकारको निमय कानून पूर्ण पालना गर्दै प्रयोगकर्तालाई गेमिङ अनुभव दिने कम्पनीले प्रतिबद्धतता जनाएको छ।