गुगलले एन्ड्रोइड-११ सार्वजनिक गरेको छ। मोबाइल अपरेटिङ प्रणाली एन्ड्रोइडको यो नयाँ भर्सन गुगलका पिक्सल स्मार्टफोनमा तत्काल उपलब्ध हुने छ।
सुरक्षा तथा सञ्चालनका लागि थप नयाँ फिचर्ससहित सार्वजनिक गरिएको यो सिस्टम पिक्सेल फोनमा यसअघि नै प्रयोग गरिएको थियो।
यो सिस्टम सार्वजनिक भएपनि सबै कम्पनीका सबै मोडलका स्मार्टफोनमा अपडेट प्राप्त हुने छैन। पिक्सेलफोनका सबै मोडलमा उपलब्ध हुने यो अपडेट वनप्लस,ओपो,रियलमी र शाओमीका केही स्मार्टफोनमा मात्र उपलब्ध हुने छ।
यी कम्पनीहरुले आफ्ना सिमित मोडलका स्मार्टफोनमा मात्र सुरुमा अपडेट दिने छन्। सामसङ लगायतका कम्पनीका फोनमा भने यो अपडेट केही समयपछिमात्र उपलब्ध हुने छ।
एन्ड्रोइड ११ मा कोर अपरेटिङ सिस्टम परिवर्तन नभएकाले अहिले भएका सबैजसो एपहरुले काम गर्ने छन्। यसका लागि एप्लीकेशनले काम नगर्ने समस्या हुने छैन।
यसमा थपिएको एउटा मुख्य फिचर्स हो कन्भरसेसन मोड। यसले नोटिफिकेशन प्यानल व्यवस्थापनका लागि काम गर्ने छ।
त्यस्तै यसमा बबल च्याटहेडकव सुविधा थपिने छ। फेसबुकको म्यासेन्जर जस्तै हुने यो फिचर्समा सबैजसो च्याट एपले सपोर्ट गर्ने र सबै म्यासेज एउटै बबलबाट हेर्न तथा विस्तार गरी चलाउन मिल्ने छ।
त्यस्तै यसमा मिडिया कन्ट्रोल फिचर्स थपिएको छ। जसबाट नोटिफिकेशन बारबाटै म्युजि सुरु, बन्द र फेरबदल गर्नसकिने छ।
स्मार्ट डिभाइससँगको कनेक्सनका लागि डेडिकेटेड प्यानल नै सिर्जना गर्नमिल्ने यसमा छिटो अपडेट दिने गुगलले घोषणा गरेको छ। पिक्सेल फोनका लागिमात्र दिइएको अर्को फिचर्स हो लाइभ भ्यु। म्याप सेयरिङले लाइभ भ्युको सुविधा पनि दिने छ।