गुगलले हालैमात्र सार्वजनिक गरेको एन्ड्रोइड ११ को बेटा भर्सन पिक्सेल फोनका साथै अन्य केही ब्रान्डका फोनमा पनि सुरुमा उपलब्ध हुने छ।
गुगलको दिएको जानकारिअनुसार सबै स्मार्टफोनमा बेटा भर्सनले सपोर्ट गर्ने छैन।
यसरी बेटा भर्सन पाउने ब्रान्डमा वनप्लस, रियलमी, एमआई, ओपो लगायत हुने छन्।
यसको अपडेट पाउनेमा शाओमीका मी १०,मी १० प्रो र पोको एफ२ प्रो रहेका छन्। त्यस्तै ओपोका फिन्ड एक्स२, एक्स २ प्रो र ओपो रेनो एस २ हुने छ्न। वनप्लस ८ सिरिजका स्मार्टफोनले पनि यो अपडेट पाउने छन्। त्यस्तै रियलमी एक्स५० प्रोका प्रयोगकर्ताले पनि यस्तो अपडेट पाउने छन्।
सुरक्षा तथा सञ्चालनका लागि थप नयाँ फिचर्ससहित सार्वजनिक गरिएको यो सिस्टम पिक्सेल फोनमा यसअघि नै प्रयोग गरिएको थियो।
सामसङ लगायतका कम्पनीका फोनमा भने यो अपडेट केही समयपछिमात्र उपलब्ध हुने छ।
एन्ड्रोइड ११ मा कोर अपरेटिङ सिस्टम परिवर्तन नभएकाले अहिले भएका सबैजसो एपहरुले काम गर्ने छन्। यसका लागि एप्लीकेशनले काम नगर्ने समस्या हुने छैन।
यसमा थपिएको एउटा मुख्य फिचर्स हो कन्भरसेसन मोड। यसले नोटिफिकेशन प्यानल व्यवस्थापनका लागि काम गर्ने छ।
त्यस्तै यसमा बबल च्याटहेडकव सुविधा थपिने छ। फेसबुकको म्यासेन्जर जस्तै हुने यो फिचर्समा सबैजसो च्याट एपले सपोर्ट गर्ने र सबै म्यासेज एउटै बबलबाट हेर्न तथा विस्तार गरी चलाउन मिल्ने छ।
त्यस्तै यसमा मिडिया कन्ट्रोल फिचर्स थपिएको छ। जसबाट नोटिफिकेशन बारबाटै म्युजि सुरु, बन्द र फेरबदल गर्नसकिने छ।
स्मार्ट डिभाइससँगको कनेक्सनका लागि डेडिकेटेड प्यानल नै सिर्जना गर्नमिल्ने यसमा छिटो अपडेट दिने गुगलले घोषणा गरेको छ। पिक्सेल फोनका लागिमात्र दिइएको अर्को फिचर्स हो लाइभ भ्यु। म्याप सेयरिङले लाइभ भ्युको सुविधा पनि दिने छ।