माइक्रोसफ्टको विन्डोज टेन कम्प्युटर अपरेटिङ सिस्टममा एउटा फिचर्स छ। जसले तपाइको एन्ड्रोइड फोनलाई कम्प्युटरसँग जोड्न दिन्छ।
अर्थात् मोबाइल कतै छुटेको बेला पनि कम्प्युटरबाटै मोबाइलमा आउने म्यासेज तथा अन्य कुराको नोटिफिकेसनमा अपडेट हुनसकिन्छ।
यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलमा योर्स फोन भन्ने माइक्रोसफ्टको एप्लिकेशन डाउनलोड गर्नुपर्छ। उक्त एप सपोर्ट गर्ने एन्ड्रोइड फोन कम्प्युटरसँग जोड्नसकिन्छ।
यसरी फोनलाई जोडेपछि मोबाइलमा आउने म्यासेज हेर्न, रिप्लाइ गर्न सकिन्छ। फोन गर्न तथा उठाउन, मोबाइल एपमा भएका फोटो तथा फाइल सार्न पनि सकिन्छ। अर्थात् कम्प्युटरबाट मोबाइलको नियन्त्रण सम्भव हुन्छ।
यसका लागि के गर्ने?
आफ्नो कम्प्युटर तथा ल्यापटपको सर्च बक्समा योर फोन सर्च गर्ने र त्यसमा क्लिक गर्ने।
त्यसपछि फोन एप छनौट गर्ने र माइक्रोसफ्ट अकाउन्ट साइनइन गर्ने।
त्यस्तै मोबाइमा योर फोन क्याम्पियन एप डाउनलोड गर्ने। उक्त एप खुलेपछि माइक्रोसफ्ट अकाउन्ट साइनइन गर्ने। दुबैतिर एप खुलेपछि मोबाइलमा विभिन्न अनुमतिका लागि नोटिफिकेसनहरु आउछन्। त्यसलाई अनुमति दिंदै गएपछि सेट हुन्छ।